सडकको स्तरउन्नती गरिदिन कमलामाई ४ का स्थानीयको माग

साउन १३, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ बलाल्डिमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भौगोलिक तथा जनसंख्याका आधारमा कमलामाई नगरपालिलाको १४ वटा वडा मध्ये दोस्रो ठुलो वडा रहेको ४ नम्बर वडामा विकासमा अत्यन्तै पछि परेको छ ।
वडा नम्बर ४ को थोरै भुगोल सहरी क्षेत्रमा परेपनि धेरै भुगोल भौगोलिक रुपमा विकट छ । स्थानीयहरुले संयुक्त आयोजना गरेको अन्तरक्रियामा सम्बोधन गर्न गृह जिल्ला आइपुग्नुभएका मन्त्री श्रेष्ठले यो आर्थिक बर्षमा बजेट पारित भइसकेकोले सम्भव भए रकामान्तरबाट विनियोजन गर्न सकिने बताउनु भयो ।

पहुँचको आधारमा विकास हुने नेपालाको प्रणालीले दुरदराजमा अझै विकास हुन नसकेको बताउनुहुँदै मन्त्री श्रेष्ठले बागमती प्रदेशले दुरदराजसम्म विकास पु¥याउन योजना बैँकको स्थापना सुरु गर्न लागिएको बताउनु भयो । संघिय सरकारले बजेट बिनियोजन गर्दा प्रदेस सरकार र स्थानीय सरकारलाई २६ प्रतिशत पठाएर संघमा ७४ प्रतिशत बजेट उल्टो प्रबृतीले विकासमा फड्को मार्न नसकिएको मन्त्री श्रेष्ठको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा स्थानीहरुले ब्यवस्थीत सडक नहुँदा सास्ती खेपीरहेको बताएका छन् । असार लागेपछि बिरामी पर्दा अस्पताल लैजान एम्बुलेन्स आउन नसक्ने स्थानीय चेत बहादुर खत्रीको भनाई छ । पटक पटक नगरपालिकामा गुनासो राख्दा समेत सुनुवाई नभएको उहाँले बताउनु भयो ।
कमलामाई रिङरोडलाई कालोपत्रे नगरेनि बाह्रै महिना आवात जावात गर्न मिल्ने सम्म बनाउँदा वडावासीलाई राहात मिल्ने छत्र बहादुर थापाले बताउनु भयो । ग्वाङखोलामा हिरापानी र बलाल्डि जोड्ने पुल नहुँदा बर्खामा विद्यार्थी दिनहुँ जोखिम मोलेर हिड्न बाध्य भएको भन्दै थापाले पुलको माग गर्नुभएको थियो ।
त्यस्तै स्थानीय तथा शिक्षक मोहन गौतमले २ नम्बर गेटमा पक्कि पुल निर्माणको काम अघि बढाउन माग गर्नुभएको छ । कल्भर्ट बर्षमा १२ चोटि सम्म बगाउने भन्दै स्थानीयले चर्को भाँडामा आवात जावत गर्नु पर्ने बाध्यता रहेको गौतमको भनाई । सधैँ भोट हाल्ने जनता रैती, भोट पाउँने नेता मालिक बन्ने भन्दै गौतमले सडक ब्यवस्थापनको लागि माग गर्नुभएको छ ।
४ नम्बर वडाको टोल सुधार समितिको अध्यक्ष शम्भु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकाल लगायत स्थानीयको उपस्थिती रहेको थियो ।