सुन तस्करको जरा जहाँ पुगेको छ; यो पटक सरकार त्यहि पुग्छ : सांसद दाहाल
साउन ११, सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले सुन तस्करको जरा जहाँ सम्म पुगेको छ, यो पटक सरकार त्यहि सम्म पुग्ने दाबि गर्नुभएकोम छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दाहालले सन्चारकर्मीसँग कुराकानी गर्नुहुँदै सुन तस्कारको सदाको लागि अन्त्य हुने गरी सरकारले कदम चालिसकेको बताउनु भएको छ ।
भ्रष्टाचार नियन्त्रण गदैँ जाने क्रममा धेरै भ्रष्टाचारसँग सम्बन्धित भ्रष्टहरु र भ्रष्टका मतियारहरु अनुसन्धानको दायरामा रहेको दाहालले बताउनु भयो । संस्थागत भ्रष्टाचारको पछिल्लो नमुनाका रुपमा एयरपोर्टबाट इतिहासमा अहिले सम्मकै ठुलो परिणामको तस्करीको जालो पत्ता लागेको दाहाको भनाई छ ।
सोहि बिषयलाई लिएर प्रमुख प्रतिपक्षदल नेकपा एमालले सदन अबरोध गरेको बताउनु हुँदै दाहालले नेकपा एमाले लामो समयदेखि संस्थागत भ्रष्टाचारको संरक्षक रहेको बिभिन्न घटना क्रमले प्रमाणित गरिसकेको तर्क गर्नु भयो । सांसद दाहालले भन्नुभयो “एमालेको पालामा सुन भेटिन्थो तर सुन पित्तल हुन्थ्यो । यो पाली सुन पित्तल हुँदैन सुन सुननै हुन्छ र त्यो सुन राजस्वको दायरामा ल्याइन्छ । सुन तस्करीमा जो कोही भएपनि कानुनको कठघरामा ल्याइने छ ।”
यसअघि सुन तस्करी हुँदा एमालेको गृहमन्त्री, अर्थमन्त्रीको मिलेमतोमा नै हुने गरेकाले आशंकाको रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध लगाइएको आरोप मात्र रहेको दाहालको भनाई छ । सुन तस्करीको जरासम्म पुग्ने सरकारले कदम चालिसकेकोले अनुसन्धानको क्रममा यदि गृहमन्त्री नाम आउँछ भने राजीनामा मात्र हैन जेल चलान हुने दाहालले दाबी गनुृभयो ।