जिल्ला प्रहरी कार्यालयद्वारा जवरजस्तीकरणी गर्ने दुई र कुटपिट गर्ने एक अभियुक्त सार्बजनिक

साउन ११, सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कुटपिट गर्ने एकजना र जवरजस्तीकरणी गर्ने दुई अभियुक्त गरी तीन जनालाई सार्बजनिक गरेको छ ।

गत साउन ३ गते सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ४ लामिदमारका आफ्नै दाजुभाई रामध्वज काल्तान र श्यामध्वज काल्तान बिच तामा राखेको बोराको बिषयलाई लिएर झगडमा दाईले भाईलाई ढोकाको आग्लोले प्रहार गरी फरार भएको प्रहरी निरक्षक किशोर ढुङ्घानाले जानकारी दिनुभयो ।

टाउँको र काधँमा चोट लागेर भाई श्यामध्वज गम्भिर घाइते भई उपचार भइरहेको छ । दाई रामध्वज मरिणको चुरे जङ्गलमा लुकेर बसेको अबस्थामा साउन ६ गते पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले साउन १० गते जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरीएको जनाएको छ ।

त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रेका २४ बर्षिय रमेश तामाङलाई सोहि स्थानकी नाबालिका लाई जबरजस्तीकरणी गरेर फरार भएको अभियोगमा पक्राउ गरेको प्रहरी निरक्षक ढुङ्घगानाले जानकारी दिनुभयो । तामाङलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौलीका २३ बर्षिय अभिशेक कुँबरले जबरजस्तीकरणी गरी फरार भएको अभियोगमा डकाहाबाट पक्राउा गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डकाहाले कुँबरलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *