निःशुल्क ब्लड बैंक स्थापनाका लागि १४ लाख भन्दा वढी सहयोग संकलन

साउन १०, सिन्धुली/सिन्धुलीमा निःशुल्क ब्लड बैंक स्थापनाका लागि १ करोडको अक्षय कोष स्थापनाका लागि सहयोग संकलन हुने क्रम तिब्र भईरहेको छ ।
हाल सम्म १४ लाख २१ हजार ३ सय १० रूपैयाँ रकम संकलन भएको छ । आज कमलामाई न.पा.६, रामाडी निवासी उर्मिला कर्मचार्यले पचास हजार सहयोग गर्नु भएको छ।
त्यस्तै क.न.पा.६ निवासी रमा बुढाथोकीले २५ हजार र निर्माण व्यावसायी उद्धव कुमार दाहालले २५ हजार ५ सय सहयोग गर्नु भएको छ । त्यस्तै कमलामाई न.पा. ६ निवासी दिपक कुमार अधिकारी र रञ्जना थापा दम्पत्तिले ५३ हजार ३ सय ३३ रूपैयाँ बुद्धिलाल श्रेष्ठ र ज्ञाननी कुमारी श्रेष्ठ दम्पत्तिले ५१ हजार ५ सय पाँच रूपैयाँ सहयोग सहयोग गर्नु भएको छ ।
क.न.पा. ६ निवासी गोमा प्रधानले २५ हजार, क.न.पा. ४ निवासी सञ्जय सुनुवारले २५ हजार १ सय २५ रूपैयाँ र तीनपाटन गा.पा. ८ निवासी पुरूषोतम घिमिरेले २५ हजार २५ रूपैयाँ सहयोग गर्नु भएको छ ।
निःशुल्क ब्लड उपलब्ध गराउनको लागि कोष स्थापना गर्ने योजना राखिएको सभापति श्रेष्ठको भनाई छ । उक्त कोषबाट ब्लड बैंक संचालन तथा ब्यबस्थापन गरी बिरामीहरुलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्देश्य रहेको सभापति श्रेष्ठले बताउनु भयो ।
अक्षयकोष स्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् । बिरामीहरुका लागि महत्वपूर्ण कामको सुरुवात भएकाले सहयोगको लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले सबैसंग अपिल गरेकाे छ ।