मरिणमा १५ शैय्याको आधारभूत अस्पतालको शिलान्यास
साउन ९ , सिन्धुली /सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पतालको आज शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले वडा नम्बर ७ को महेश्वता फाँटमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि भवनको शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्नुहुँदै प्रतिनिधि सभा सदस्य दाहालले अस्पतालको भवन समय अगाबै पुरस्कृत हुनेगरी गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्नको निम्ती निर्देशन दिनुभएको छ । जसका लागि स्थानीयले प्रत्यक्ष रुपमा सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।
मरिण गाउँपालिकालाई आधुनिक सहर निर्माण गर्ने उद्देश्य रहेको बताउनु हुँदै प्रतिनिधि सभा सदस्य दाहालले मरिणमा सुबिधा सम्पन्न अस्पतलाको अतिआबश्यक रहेको बताउनु भएको छ । मदन भण्डारी राजमार्गबाट अस्पतालसम्म पुग्ने पक्की सडक निर्माणको लागि बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आधुनिक सुबिधा सम्पन्न शहर निर्माको निम्ती मरिण गाउँपालिकालाई आबश्यक पर्ने बिभिन्न पुर्बाधारहरुको निर्माणको लागि संघीय सरकारको तर्फबाट डिपिआर तयार पार्न बजेट बिनियोजन भएको दाहालको भनाई छ । डिपिआर बमोजिमको भौतिक पुर्बाधार र सौन्दर्यकरणको निम्ती निर्बाह गर्नुपर्ने भूमिकामा प्रतिबद्ध रहने उहाँले बताउनु भयो ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान(प्रख्यात)ले मरिण गाउँपालिका सबृद्धि तर्फ जाँदै गरेको बताउनु भयो । सम्बृद्धिका आधारहरु शिक्षामा मरिणले आमुल परिवर्तन गरिएको बताउहनु भयो । उहाँले भन्नुभयो “मरिणको कृषि क्याम्पस जुन पोखराको भन्दा दोस्रो ठुलो क्याम्पस जहाँ देशभरबाट अध्ययनको लागि विद्यार्थीहरु आउने गर्छन् । स्वास्थ्यमा थप १५ शैय्याको अस्पताल निर्माणको लागि शिलान्यास भएको छ । भने कृषीमा आत्मनिर्भर बन्नको निम्ति पालिकाले करोडौँ लगानी गरेको छ” ।
अस्पताल निर्माणको निम्ति ६ महिना अगाडिनै डेण्डर भएपनि संघिय सरकारको तर्फबाट बजेट आउँन ढिला भएको कारण शिलान्यासमा ढिलाई भएको अध्यक्ष मोक्तानले बताउनु भएको छ ।
संघिय सरकारको २ करोड १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैया लागतमा अस्पताल निर्माण हुन लागेको हो । २०७९ पु्स २५ गते स्काई विल्डर्स प्रालि नयाँ बानेश्वर, काठमान्डौँ सँग २०८१ मंशिर ३० गते सम्पन्न हुने गरि सम्झौता भएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीले अनुसार अस्पताल कुल क्षेत्रफल ४ हजार ७ सय ४० दशमलव ८४ वर्ग मिटर जनिमनमा बन्ने छ । जसको मुख्य भवन कुल क्षेत्रफल ३ हजार ६१ दशमलव ८८ वर्ग मिटरमा फैलने छ भने जमिन तल्ला १ हजार १ सय २१ दशमलव ८३ वर्ग मिटर, पहिलो र दोस्रो तला ९ सय ३८ दशमलव ८३ वर्ग मिटर र तेस्रो तला ६२ दशमलव ३९ वर्ग मिटरमा निर्माण हुने छ ।