मरिण गाउँपालिकामा जिल्ला स्तरीय फुटबल स्टेडियम निर्माण हुँदै

साउन ८, सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा जिल्ला स्तरीय फुटबल स्टेडियमको निर्माण कार्य सुरु भएको छ । वडा नम्बर ४ साहानमा ५ सय सिट क्षमता सहित आधुनिक फुटबल स्टेडियमको निर्माण कार्य सुरु भएको हो ।

२ करोड ४७ लाख ८८ हजार १ सय ५१ रुपैयाँ लागतमा फुटबल स्टेडियम निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान (प्रख्यात) ले बताउनुभयाे । अघिल्लो बर्षकै बजेट भएपनि जग्गा नभएर संरचना निर्माणको काम ठप्प भएको थियो । मरिण गाउँपालिकाले तिन कठ्ठा पाँच धुर जग्गा खरिद गरेर स्टेडियको काम सुरु गरेकाे अध्यक्ष मोक्तानले बताउनु भयो ।


बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०७९/८० बाट बिनियोजित ४२ लाख र अन्य मरिण गाउँपालिकाको आन्तरिक स्रोतबाट बजेट बिनियोजन भएको हाे । फुटबल स्टेडियम १ बर्षमा निर्माण सम्पन्न हुने गरि २०८० जेठ २२ गते सिद्धकाली दाहाल जेभि कन्ट्रक्सनले ठेक्का पाएको छ । खेलाडिहरुको लागि सुरक्षित खेल मैदान नहुँदा बगरमा खेलाउनु पर्ने बाध्यता भएकाले फुटबल स्टेडियम मरिण गाउँपालिकाको लागि अति आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ ।

स्टेडियम बनेपछि मरिण गाउँपालिकाको मात्रै नभई जिल्ला स्तरिय फुटबल प्रतियोगिताका लागि सहज हुने अध्यक्ष मोक्तानले बताउनु भयो । स्टेडियममा प्याराफिट, भीआईपी कक्ष, प्रशासनिक भवन, चेन्जीङ्ग रुम, मिडीया सेन्टर, व्यवस्थित पार्किङ्ग र शौचालय हुने गाउँपालिकाका इन्जीनीयर बिनित ओझाले जाकनारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *