न्यायिक समितीमा अधिकाँश मुद्धा जग्गा साँध सिमानाको

साउन ७, सिन्धुली/सिन्धुलीमा सबैभन्दा बढी जग्गाको साँध सिमाना विवादका मुद्धा दर्ता भएका छन् । आर्थिक बर्ष २०७९/८० मा जिल्लाको नौ वटै पालिकाको न्यायिक समितीमा जग्गा साँध सिमाना विवादको मुद्धा दर्ता भएको देखिएको छ ।

कमलामाई नगरपालिकाको न्यायिक समितीमा ५४ वटा मुद्धा दर्ता भएका थिए । ती मध्ये ३८ वटा मुद्धा निरुपण भएका छन् भने १६ वटा बाँकि रहेको कमलामाई नगरपालिकाका नगर उपप्रमुख तथा न्यायिक समितीका संयोजक मन्जु देवटाले जानकारी दिनुभयो । ५४ वटा बिवादका मुद्धा दर्ता भएको मध्ये ३४ वटा मुद्धा जग्गा साँध सिमाना विवादको दर्ता भएको देबकोटाले बताउनु भयो । अन्य सम्बन्ध बिच्छेद, सार्बजनिक बाटो लगायतका विवाद भएका छन् ।

दुधौली नगरपालिकाको न्यायिक समितीमा ६६ वटा बिवादका मुद्धा दर्ता भएका मध्य ३५ वटा मुद्धा निरुपण भएको संयोजक चन्द्रकिशोर थारुले जानकारी दिनुभयो । दर्ता भएका विवादका मुद्धा मध्ये ५० प्रतिशत जग्गा साँध सिमाना विवाद रहेको उहाँले जानकारी दिनुभयो । अन्य बाटो अबरुद्ध, घरायसी विवादका मुद्धा दर्ता हुने गरेका छन् ।

सुनकोशी गाउँपालिकामा १ सय १० वटा विवादका मुद्धा दर्ता भएको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितीका संयोजक कपिल कोइरालाले जानकारी दिनुभयो । सुनकोशी गाउँपालिकामा आर्थिक बर्ष २०७९/८० मा सबैभन्दा बढि विवाद दर्ता भएको थियो ।

जसमध्ये ६२ वटा विवादका मुद्धा निरुपण गरिएको संयोजक कोइरालाले बताउनु भएको छ । सुनकोशीमा दर्ता भएका विवादका मुद्धा धेरैजसो जमिनको साँध सिमाना रहेका छन् । २१ वटा मुद्धा दर्ता गराएका ब्यक्ति नै सम्पर्कमा नआउँदा निरुपण गर्न बाँकि रहेको जनाइएको छ ।

मरिण गाउँपालिकाको न्यायिक समितीमा ३४ वटा विवादका मुद्धा दर्ता भएका मध्ये २० वटा निरुपण गरिएको संयोजक बिमला माझिले जानकारी दिनुभयो । दर्ता भएका विवादका मुद्धा मध्ये ८० प्रतिशत जगगाको साँध सिमना विवाद, घरायसी झैझगडा र केहि सार्बजनिक बाटोको विवादका मुद्धा दर्ता भएको माझिले बताउनु भयो ।

हरिहरपुरगढी गाउँपालिकामा २४ वटा मुद्धा दर्ता भएकोमा १७ वटा निरुपण भएका छन् भने ७ वटा प्रक्रियामा रहेको न्यायिक समितिका संयोजक चेखबहादुर थिङले जानकारी दिनुभयो । बिशेषगरी जग्गाको साँध मिमानको विवाद, ज्येष्ठ नागरिक पालनपोषण, ज्याला मजदुरी विवादका मुद्धा दर्ता भएको संयोजक थिङले बताउनु भयो ।

तीनपाटन गाउँपालिकामा १८ वटा विवादका मुद्धा दर्ताभ भएकोमा ६ वटा निरुपण भएको छ भने १२ वटा मुद्धा प्रक्रियामा रहेको न्यायिक समितीका संयोजक धन बहादुर पुलामीले जानकारी दिनुभयो । तीनपाटमा जग्गाको साँध सिमाको विवाद, सम्बन्ध बिच्छेद, लेनदेन जस्ता विवादका मुद्धा दर्ता भएको पुलामीले बताउनु भयो ।

घ्याङलेख गाउँपालिकामा ५ वटा विवादका मुद्धा दर्ता र ३ वटा ठाडो उजुरी परेकोमा ४ वटा निरुपण भएको न्यायिक समितीका संयोजक शंकरमान घलानले जानकारी दिनुभयो । मुद्धा पर्नै ब्यक्ति उपस्थित नहुँदा निरुपणमा समस्या भएको छ । घ्याङलेखमा जग्गा साँध, सिमाना विवादका घटना आउने गरेको संयोजक घलानले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *