पर्यावरण नष्ट भैरहेको कारण पृथ्वीमा मानव जातिको अस्तित्व संकटमा पदैँ गएको छ : मन्त्री श्रेष्ठ
साउन ५,सिन्धुली बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पर्यावरण नष्ट भैरहेको कारण पृथ्वीमा मानव जातिको अस्तित्व संकटमा पदैँ गएको बताउनु भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ छाप महेश्वतास्थित कपिलाकोट माध्यामिक विद्यालय परिसरमा वृक्षारोपण गर्नुहुँदै पर्यावरण बचाउन समग्र मानव जाति संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो । भैरहेको जंगलको रक्षा गर्दै खाली जमिनमा अभियानात्मक रूपमा वृक्षारोपण गर्दै जानसके पर्यावरण जोगाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले अबको विकास पर्यावरणमैत्री हुनुपर्ने बताउँदै बागमती प्रदेश सरकारले जथाभावी डोजर चलाएर पर्यावरण बिगार्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । वृक्षारोपण कार्यक्रमको समन्वय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठ र वडा नम्बर ७ का अध्यक्ष चन्द्रबहादुर थिङ्ले गर्नुभएको थियोभने कार्यक्रममा शिक्षकहरू, विभिन्न राजनीतिक पार्टीका नेताहरू, स्थानीय अगुवाहरूको समेत उपस्थिति रहेको थियो ।