घ्याङलेख गाउँपालिकाले विहान ८ बजे देखि बेलुका ७ बजे सम्म कार्यालयबाट सेवा प्रवाह गर्ने

साउन ४, सिन्धुली/ग्रामिण क्षेत्रको जनतालाई मध्यनजगर गर्दै घ्याङलेख गाउँपालिकाले विहान ८ बजे देखि बेलुका ७ बजे सम्म कार्यालय सञ्चालन गर्ने भएको छ ।
आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार नै कार्यालय समय भन्दा ४ घण्टा अतिरिक्त समय जनतालाइ अति आवश्यकीय सेवाहरु कार्यालयबाट प्रवाह भएको हो । कार्यालय समय भन्दा अगाडी दुई घण्टा र कार्यालय समय भन्दा पछि २ घण्टा अति आवश्यकीय सेवा प्रवाह हुने छ ।
घ्याङ्लेख पालिकाको वडा नं ५,४, ३ र २ को लेकसाईडको जनता सेवाग्राही सिन्धुलीको बुलेरोमा बिहान ८ बजे नै पालिका आउनु भई सेवाको लागि पर्खनु पर्ने र बेलुका गाडीमा जान हतार गर्ने अबस्थाको मध्यनजर गर्दै अतिरिक्त समय कार्यालयबाट सेवा प्रवाह गरिएको गाउँपालिकाको उपाध्यक्ष शंकरमान घलानले जानकारी दिनुभयो ।
गाउँपालिकाको अति विकट क्षेत्रहरुबाट विहान नै सेवाग्राहीहरु कार्यालय आईपुग्ने र सेवा लिन पर्खिनु पर्ने र घर फर्किन पनि सवारी साधन नहुँदा खेप्नु पर्ने अवस्थालाई मध्यनजगर गरेर अति आवश्यकीय सेवाहरु विहान ८ बजे बाट नै दिने उपाध्यक्ष घलानले जानकारी दिनु भयो ।
कार्यालयबाट सिफारिस लिई बाहिर जानु पर्ने वा कार्यालयबाट प्रवाह गर्नु पर्ने अति आवश्यकीय सेवाहरु अतिरिक्त समयमा सेवा प्रवाह गरिने प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले बताउनु भयो । कार्यालयमा रहेका मौजुदा कर्मचारीलाई नै पालो गरेर अतिरिक्त समयमा सेवा प्रवाह गर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *