दक्षिणकाली सामुदायिक वनद्वारा उपभोक्तालाई विरुवा वितरण
साउन ३, सिन्धुली/दक्षिणकाली सामुदायिक बन उपभोक्ता समूह कमलामाई न पा ५ सिलामे, सिन्धुलीले उपभोक्तालाई १ हजार ३ सय १० थान विरुवा वितरण गरेको छ ।
समूहको बन विकास कोषबाट उपभोक्तालाई लिची, रुखकटहर, कागती लगाएतका बहुबर्षिय फलफूलको विरुवा वितरण गरिएको समूहका लेखा समिति संयोजक भक्तनारायण श्रेष्ठले जानकारी दिनुभयो । १ सय ६० थान टि–सर्ट समेत वितरण गरिएको लेखा समिति संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
आज एक कार्यक्रमका विच कमलामई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काले वितरण गर्नु भयो । विरुवा वितरण कार्यक्रममा डीभिजन बन कार्यालय सिन्धुलीको सहायक बन अधिकृत हेम बहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ, सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष तुल बहादुर गुरुङ, लगायतको उपस्थिती रहेको थियो । समूहको बन क्षेत्र भित्र ५ सय ५० थान विरुवा समेत रोपेको छ ।