स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार लागिरहेको छ : मुख्यमन्त्री जमकट्टेल

असार ३१ सिन्धुली/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आधारभूत स्वास्थ्य र माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी लिएको स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार लागिरहेको बताउनु भएको छ ।
आज सिन्धुलीमाढीमा आयोजित सिन्धुली जिल्ला पूर्ण खोपा सुनिश्चिता तथा दिगोपना घोषाणा कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकारलाई बलियो बनाएर मात्र संघीयताको पूर्ण रुपमा कार्यान्वयन हुने र प्रत्यक्ष जनता लाभान्वित हुने भएकोले स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकार लागिरहेको वताउनु भयो ।
मुख्यमन्त्रीे जमकट्टेलले पालिकाहरुले प्रमुख प्राथमिकतामा स्वास्थ्य शिक्षा र खानेपानीलाई राख्न र पाँच वर्षमा ५ ओटा काम प्रमुख प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नु भयो ।
उहाँले भन्नुभयो “राष्ट्रियो योजना आयोगले पञ्चवर्षीय योजनामा बनाउँछ, प्रदेश सरकारले दास्रो आवधिक योजना निर्माण गर्दै छ, अब ठूल्ठूला योजनाका किताबहरु मात्र प्रकाशित हुने हुनेछ । काम नहुने प्रथाको अन्त्य हुन्छ, अब हरेक मन्त्रालयले पाँच ओटा योजना प्राथमिकतामा राखेर योजना निर्माण हुन्छ । हरेक मन्त्री, कार्यालय प्रमुखहरुका टेबलमा त्यो योजना राखिन्छ र कार्यान्वयन गरिन्छ । काम नहुने कुनै पनि योजना तर्जुमा गरिने छैन, अब पालिकाले पनि पाँच वर्षमा पाँच ओटा काम मात्र छनौट गर्नुस् र प्राथमिकतामा राखेर काम गर्नुस्, अनि मात्र सफल भइन्छ ।”
कार्यक्रममा मुख्यमन्त्री जमकट्टेलले खुर्कोट–चियावारी सुरुङमार्ग उत्तर दक्षिण जोड्ने निक्कै महत्वपूर्ण मार्ग हुने भएकोले सुरुङमार्ग निर्माणको लागि बागमती प्रदेश सरकारले प्रथमिकतामा राखेको बताउनुभयो । उहाँले सुरुङमार्ग निर्माणको लागि संघीय सरकारलाई झकझक्याउन सबै जनप्रतिनिधि सरोकारवालाहरु लाग्न समेत आग्रह गर्नुभयो ।