हरिहरपुरगढी गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुँदै
असार २३, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण सूरु भएको छ । नेपाल सरकार र हरिहरपुढी गाउँपालिकाको जम्मा २१ करोड ८१ लाख ९० हजार ९ सय ४४ रुपैयाँ संयुक्त बजेटमा अस्पताल निर्माण सुरु भएको हो ।
नेपाल सरकार र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त बजेट मार्फत वडा नम्बर २ स्थित १५ शैय्याको अस्पताल निर्माण गरिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले जानकारी दिनुभयो ।
२०७९ असोज ७ गते हरिहरपुरगढी गाउँपालिका र सिनर्जी राजदेबी भक्त आरपी जेभि कन्ट्रक्सन बिच २०८१ असोज ६ गते निर्माण सम्पन्न गरीने गरी सम्झौैता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनु भयो ।
हाल अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । बालमैत्री, अपाङ्ग मैत्रीपूर्ण साढेँ २ तलाको अस्पताल भवन निर्माण हुने बताइएको छ । हरिहरपुरगढीमा सुविधा सम्पन्न अस्पताल नहुँदा बिरामीहरु सास्ती खेपिरहेका छन् ।