पढाई छोडेको ३० वर्ष पछि पूर्व वडा अध्यक्ष एसईई उत्तिर्ण

असार २२, सिन्धुली/सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष चक्रबहादुर पाख्रिनले पढाई छाेडेको ३० वर्ष पछि एसईई उत्तिर्ण गर्नु भएको छ । पूर्व वडा अध्यक्ष पाख्रिनले स्थानीय जनजाग्रिति माध्यमिक विद्यालय गोपेमा अध्ययन गरी मा.वि. हायूटारबाट परीक्षा दिनु भएको थियो ।

२०४९ सालमा एसएलसी दिने तयारी भई रहँदा पारिवारिक समस्याका कारण पढाई छाड्नु भएका पूर्व वडा अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) घ्याङलेख गाउँपालिका कमिटी अध्यक्ष पाख्रिनले कान्छा छोरासँगै परीक्षा दिई २.१५ जिपिए ल्याई उत्तिर्ण गर्नु भएको छ । कान्छा छोरा युवराज पाख्रिनले २.६५ जिपिए ल्याएर उत्तिर्ण गर्नु भएको छ ।

जनप्रतिनिधि भएर जनताको सेवा गरिरहँदा शैक्षिक योग्यता अत्यन्तै जरुरी रहेछ भन्ने महशुस भएर जनप्रतिनिधिको व्यस्तता सकिने वित्तिकै विद्यालय भर्ना भएकाे पाख्रिनले बताउनुभयाे । पाख्रिन छोरासँगै पढेर छोरासँगै परीक्षामा सहभागि हुनुभएकाे हाे ।

“सानोमा पनि पढ्न मन हुँदाहुँदै ९ पास हुने वित्तिकै पारिवारिक समस्याले पढ्न पाईन, अहिले कान्छा छोरासँगै पढ्ने सौभाग्य मिल्यो । अब पढाईलाई निरन्तरता दिन्छु र कम्तिमा पनि १२ पास गर्छु भन्ने लागेको छ” उहाँले भन्नुभयो । कान्छा छोरासँगै ४७ वर्षको उमेरमा एसईई उत्तिर्ण गर्न पाउँदा निक्कै खुशी लागेकाे पूर्व वडा अध्यक्ष पाख्रिनले बताउनुभयो । पाख्रिनका दुई भाई छोराहरुले स्नातक पढाई सकेका छन् भने तीन बहिनी छोरीहरु जनजागृति मावि गोपेमा नै अध्ययनरत छन् । वहाँ उमेरका कारणले पढाइ छाेड्नु हुँदैन भन्ने कुराकाे एउटा सफल उदाहरण बन्नुभएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *