शिक्षकको मागलाई प्रधानमन्त्री समक्ष औपचारिक जानकारी गराउने सांसद दाहालको प्रतिबद्धता

असार १८, सिन्धुली/प्रतिनिधि सभा सदस्य तथा सिन्धुली क्षेत्र नं.२ का सांसद लेखनाथ दाहाला (राजन) ले शिक्षकहरुको आन्दोलनलाई प्रधानमन्त्री समक्ष औपचारिक रुपमा जानकारी गराउने प्रतिबद्धता गर्नुभएको छ ।
माध्यमीक विद्यालयका शिक्षकहरु बिभिन्न माग सहित देशभरबाट भेला भई काठमान्डौँमा आन्दोलनमा उत्रिएका छन् । सोही स्थानमा पुगेर सांसद दाहालले संघिय शिक्षा ऐन निर्माण गर्न नसक्दा शिक्षा क्षेत्रमा थुप्रै समस्या देखिएको बताउनु भएको छ । शिक्षकहरुको आन्दोलनलाई एक्यबद्धता जनाउँदै संघिय शिक्षा ऐन निर्माण गर्न नसक्दा शिक्षामा विकृती, विभेद, असमानता भइरहेको सांसद दाहालले बताउनु भयो ।
प्रतिनिधि सभामा ब्यवस्थीत ढङ्गले विद्यालयका कर्मचारीका कुरा, शिक्षक महासंघ र नेपाल सरकारबिच भएको ५१ बुँदे सहमतिको कार्यान्वयको अबस्था र शिक्षा क्षेत्रमा देखिएका बिकृती, विदेका अन्त्यका लागि यसअघि पनि सदनमा छलफलमा लगिएको बताउनुहुँदै दाहालले अब पनि सरकारलाई दबाब दिने प्रतिबद्धता गर्नुभयो । उहाँले भन्नुभयो “ नेपाल सरकार जनताको सरकार हो ।
जनताको समस्यको समाधान पनि सहकार्य र सहमतीबाट समाधान गर्नुपर्दछ । नेपालको संबिधानमा शिक्षालाई मौलिक हकको रुपमा समावेश गरेको ८ बर्ष बित्यो तर शिक्षकको शिक्षा क्षेत्रमा कहाँ, कस्ता समस्या छन् र समाधानको उपाय के हो ? भन्नेमा सरकार जानकार भएपनि पुन दबाब दिएर शिक्षकको आन्दोलनका मुद्दा सदनमा उठान गर्ने दाहालले बताउनु भयो ।