घ्याङलेख गाउँपालिकामा कर्मचारी १ बजे सम्म पनि कार्यालय पुगेनन्

असार १७, सिन्धुली/पहिला पहिला सामुदायिक विद्यालयहरुमा चेपुवा विदा दिनु खासै नौलो कुरा हुँदैन थियो । विहिवार विदा भए शुक्रवार विदा दिएर एकै चोटी आईतवार विद्यालय खुल्नु वा सोमवार विदा भए आईतवार विदा दिएर एकैचोटी मंगलवार विद्यालय खुल्नु चेपिवा विदा भनेर परिभाषित गरिएको थियो तर अन्य सरकारी कार्यालय यसरी चेपुवा विदा दिएको सुनिदैन थियो तर घ्याङलेख गाउँपालिकामा त्यस्तै भयो ।

विहिवार मुस्लिम समुदायको इद पर्वको विदा परेपछि यहाँका कर्मचारी आईतवार पनि कार्यालय समयमा कुनै कर्मचारी हाजिर भएका छैनन् । विहिवार विदा भए पछि व्यक्तिगत कामका लागि पालिका छाडेका कर्मचारी आइतवार पनि ढिलोसम्म कार्यालय हाजिर भएका छैनन् । गाउँपालिकाका कर्मचारीहरु कार्यालयमा नहुँदा सेवाग्राहीले सास्ति व्यहोर्नु परेका छन । शुक्रबारदेखि कार्यालयका प्रमुख, योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख, प्राविधिक शाखाका प्रमुख नहुँदा सेवाग्राही सास्ति व्यहोर्नु परेका हुन ।

आर्थिक बर्षको अन्त्यमा भुक्तानि लिने सेवाग्राहीको चाप भए पनि कार्यालयमा कुनै कर्मचारी समयमा नआएका कारण सेवाग्राहीले सास्ति व्यहोर्नु परेको गाउँपालिकाको उपाध्यक्ष शंकरमान घलानले वताउनुभयो । बिहिबार बकर ईदको बिदा भएपछि बुधवार नै हिडेका कर्माचारीहरू आईतबारसम्म कार्यालयमा नफर्कीएपछि कार्यालयको सेवा प्रबाहमा समस्या भएको गाउँपालिकाका उपाध्यक्ष घलानले बताउनुभयो ।

“कार्यालयमा सेवाग्राहीहरूको भिड छ । कर्माचार सम्पर्क बिहिन भएर बसेका छन । शुक्रबारदेखि केही काम भएको छैन,” उपाध्यक्ष घलानले भन्नुभयो । शुक्रबार देखिनै सम्पर्क बिहिन भएका कर्मचारीहरू आईतबार पनि कार्यालयमा नआएपछि सेवाग्राहीले पालिका घेरेका छन ।

पालिका अध्यक्ष विहिवार विदा भए पछि बुधवारसाझँ नै सिन्धुली सदरमुकाम झर्नु भयो तर आइतवार १ बजे सम्म कार्यालय पुग्नु भएको छैन भने प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्की पनि बुबा विरामी भएर विदामा रहनु भएको वताउनु भयो । निमित्त प्रमुखको जिम्मेवारी स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवलाई दिएर विहिवार हिड्नु भएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले उपभोक्ताको कुनै पनि भुक्तानीमा समस्या नभएको वताउनुभयो ।

विहिवार विदा भए पछि घर गएका कर्मचारी पानी परेका कारण समयमा कार्यालय उपस्थित हुन नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले वताउनुभयो । १ बजे सम्म पनि इन्जिनियर बाटोमा आईरहेको निमित्त प्रमुख यादवले वताउनुभयो । अधिकाँश कर्मचारी १ बजे सम्म बाटोमा नै रहेकाे निमित्त प्रमुख यादवले बताउनुभयाे ।

विगत दुई महिना देखि लेखा अधिकृत सुरेश कुमार अधिकारी विदामा रहनु भएपछि लेखाको सम्पुर्ण जिम्मेवारी आ.ले.प. पदम बहादुर सुनुवारले समालि रहनु भएको छ । लेखापाल सुनुवार पनि लोकसेवा परीक्षाको सिलसिलामा काठ्माण्डौं जानु भएको आइतवार कार्यालय फर्किदै हुनुहुन्छ । आफू बाहिर भए पनि भुक्तानीको काम नरोकिएको लेखापाल सुनुवारले वताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *