दुधौली नगरपालिकाको आर्थिक बर्ष ०८०/०८१ का लागि १ अर्ब ८ करोड भन्दा बढि बजेट पारित

असार १०, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि निति तथा कार्यक्रम र बजेट सार्बजनिक गरेको छ । आज(आइतबार) दुधौली नगरपालिकाको १७ औँ अभिवेशनमा दुधौली नगपालिकाका नगर प्रमुख दिनेश अधिकारीको अध्यक्षतमा उपप्रमुख चन्द्र किशोर थारुले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
उपप्रमुख चन्द्रकिशोर थारुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । नीति तथा कार्यक्रममा “समृद्धिकोको आधार कृषि प्रसार” भन्ने नारा सहित कृषि उत्पादनका लागि बिभिन्न कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै वन तथा वातावरण, फोहोरमैला तथा बिपद् ब्यबस्थापन लाई प्राथमिकतामा राखिएको नगर उपप्रमुख थारुले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । साथै पशु, शिक्षा, रोजगार लगायतलाई प्राथमिकतामा राखिएको छ ।
दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीको अध्यक्षतामा आजै भएको १७ औँ अधिवेशनमा नगर उपप्रमुख चन्द्रकिशोर थारुले प्रस्तुत गर्नुभएको १ अर्ब ८ करोड ३२ लाख ५६ हजार २ सय ४१ रुपैया बजेट पारित भएको छ । जसमा चालु तर्फ ७३ करोड ९६ लाख ५६ हजार २ सय ४२ रुपैया अर्थात कुल बजेटको ६८ प्रतिशत छुट्याइएको छ भने पूजिगत तर्फ ३४ करोड ३६ लाख अर्थात कुल बजेटको ३२ प्रतिशत छुट्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *