स्वर्गीय हजुरआमाको अक्षय कोषबाट छात्रबृत्ती वितरण

असार ८,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शिद्धबाबा मावि पानीट्याङ्कीमा अध्यनरत बालबालिकाहरुलाई प्रदान गरिएको छ । स्वर्गीय भुवनेश्वरी थापाद्धारा स्थापना गरिएको २ लाखको अक्षय कोष बाट नाती तथा कमलामाई नगरपालिका ६ स्थित प्रयास होटलका संचालक नेत्र जंग थापाले छात्रबृत्ती प्रदान गर्नुभएको हो ।
स्वर्गीय भुवनेश्वरी थापाद्धारा स्थापना गरिएको २ लाखको अक्षय कोष बाट शिद्धबाबा मावि पानीट्याङ्कीमा अध्यनरत २९ जना बिद्यार्थीहरुलाई ५ सयका दरले छात्रवृत्ति वितरण थापाले जानकारी दिनुभयो । बिद्यार्थी हरुलाई छात्रवृत्ती बितरण गर्नुहुँदै स्वर्गिय भुवनेश्वरी थापाका नाती नेत्र जंग थापाले २ लाखको अक्षय कोषमा ३ लाख थप गरि ५ लाखको अक्षय कोष बनाइने घोषणा गर्नुभएको छ ।

बिद्यालयमा अध्यनरत विपन्न तथा आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार बिद्यार्थीहरुलाई पढाइमा मद्धत गर्ने अपेक्षा सहित अक्षय कोषमा रकम थप गर्ने निर्णय गरेको थापाले जानकारी दिनुभयो । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार थापाको अध्यक्षता तथा शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख निर्मल कुमार घिमिरेको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा शिक्षा सहजकर्ता रमेश प्रसाद देवकोटा, वडा नं. १२ का वडा अध्यक्ष भीमबहादुर गुर्मछान, वडा नं. ६ का वडा सदस्य खड्ग ध्वज कार्की, नेत्रजँग थापा, गोमा थापा, अम्बिका नेवा खड्गी, चक्रबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।