मानव बेचबिखन विरुद्ध अभियान कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न
असार ८, सिन्धुली/अनलाइनबाट हुन सक्ने बेचबिखनबाट जोगिन साईबर क्राइम सम्बन्धी मानव बेचबिखन विरुद्ध अभियान कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सिंहदरबार काठमाण्डौको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
मानव बेचबिखनको कार्य संगठित अपराधको रुपमा फैलिरहेको अवस्थामा इन्टरनेटबाट हुने क्रीयाकलाप मानव बेचबिखनमा प्रत्यक्ष रुपमा जोडिएकाले यसको बिषयमा सचेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा मावन बेचबिखन रोक्नको लागि गरिएको प्रयास, बैदेसिक रोजगार तथा मानव बेचबिखन हुन सक्ने क्षेत्रहरुको पहचिान, स्थानीय तहहरुले पिडित हरुको उद्धार तथा संरक्षणमा खेल्ने भूमिका, प्रविधिको प्रयोग गर्दा अवनाउनुपर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरण तथा छलफल गरिएको थियो ।
मानव बेचबिखनमा धेरै जसो महिला तथा बालबालिका पर्ने गरेकाले नेपाल सरकार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यसलाई रोक्नको लागि तिनै तहको सामाजिक तथ्यांकहरु एकिकृत गर्न सामाजिक प्रणालीको बिकास गरेको, पुनस्थापना केन्द्रमा रहेका पिडित तथा प्रभावितहरुलाई मनोसामाजिक परामर्श सेवा, पिडितलाई क्षतिपुर्ति समेत प्रदान गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्रालयका सहसचिव लक्ष्मी कुमारी बस्नेतले जानकारी दिनुभयो ।
महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्रालयका सहसचिव लक्ष्मी कुमारी बस्नेतको अध्यक्षतामा संचालित कार्यममा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राज कुमार सिलवाल, बिभिन्न पालिकाका सामाजिक शाखा प्रमुखहरु, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, किसोरी संजाल, बाल क्लब, सहकारीका प्रमुख तथा प्रतिनिधी गैर सरकारी महासंघका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।