दुई छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, दुई जना घाइते

असार ७, सिन्धुली/ आज सिन्धुलीमा दुई छुट्टाछुट्टै २ ओटा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । गोलञ्जोर गा.पा. ४ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको र दुधौली न.पा. २ गागनमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
दुधौली न.पा.२ गागन माथि मदन भण्डारी सडक खण्डमा भिमानबाट डकाहा तर्फ जाँदै गरेको उदयपुर कटारी न.पा.११ बस्ने कमल खड्काले चलाएको बागमती प्रदेश ०२-०२८ प.८२७३ नम्बरको मोटरसाईकलले पैदल यात्री दुधौलौ न.पा.२ खारखोला बस्ने वर्ष ५५/५६ को मोदनाथ सापकोटालाई ठक्कर दिएको थियो । घाईते सापकोटालाई उपचारको लागि सिन्धुली अस्पताल लाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


त्यस्तै गोलन्जोर गा.पा.४ मलु डाडा नजिक भित्री कच्ची सडक-खण्डमा मलु डाडाबाट विमिजोरतर्फ जााँदैगरेको प्र.२-०३-००१-२३३३ नं.को खाली ट्याक्टर आफै अनियन्त्रि भई सडकको बाँया साईडबाट अ.२५ मिटर खसी दुर्घटना हुदाँ गोलन्जोर गा.पा.-४ बस्ने बर्ष ६३ को गोकुल बहादरु क्यापछाकी मगरको मृत्यु भएको गोलञ्जोर गाउँपालिकाको उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने(पुकार)ले जानकारी दिनु भयो ।


ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा पैदल यात्री मगर लगाएत २ जनालाई ठक्कर दिएको थियो । घाईते हुनेमा सोही स्थान बस्ने वर्ष १४ को लोकुन्र थापा मगर, चालक गोलन्जोर गा.पा.-४ बस्ने बर्ष २२ को सागर क्यापछाकी मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *