सुचना नागरिकको शक्ति हो : कानुन मन्त्रि श्रेष्ठ


असार ३,सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले सुचना भनेको केबल सुचना मात्रै नभै नागरिकको शक्ति हो भन्नु भएको छ । सुचना विना लोकतन्त्र अपुर्ण भएकाले सुचना नागरिकको प्रमुख शक्ति भएको बताउनु भएको हो ।
बागमती प्रदेश सुचना पुनरावेदन समितिद्धारा सिन्धुलीमाढीमा आयोजित सुचनाको हक प्रवद्र्धन कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले केन्द्रमा मात्रै स्थापना भएको सुचना केन्द्र आन्तरिक मामिला मन्त्रालयको मातहतमा रहने गरि प्रदेशमा पनि सुचना पुनरावेदन समितीको संरचना निर्माण गरिएको बताउनु भयो । प्रदेशमा पनि सुचना आयोगको आबश्यता महशुस भएकाले संरचना निर्माण गरिएको उहाँको भनाई छ ।
सरकाले प्रत्यक सरकारी कार्यालयमा सुचना अधिकारीको कर्मचारी रुपमा एक जना कर्मचारी खटाएको हुन्छ । सुचना अधिकारीले जनतालाई प्रवाह गर्नुपर्ने सुचना नै प्रवाह हुन नसकेको मन्त्रि श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो “सिन्धुलीमा सुचना दिनको लागि समय तोक्न पाए हुन्थियो झै गरेको पाइन्छ । त्यो राम्रो होइन । प्रत्यक कार्यालयले सक्षम,योग्य कर्मचारीलाई सुचना अधिकारी तोक्नै पर्छ । नागरिकले सुचना समय हेरेर लिदैनन् । सुचना दिनेले पनि समय हेर्न मिल्दैन ।”
मन्त्रि श्रेष्ठले जिल्लाका सुचना अधिकारहिरुलाई २४ घण्टानै सुचना प्रवाह गर्नको लागि तयारी अबस्था रहन निर्देशन समेत दिनुभएको छ ।
यस्तै मन्त्रि श्रेष्ठले जथाभावी विरोध गर्ने र बन्द हड्ताल गर्न रोक लगाउन प्रदेश सरकारले तयारी थालेको बताउनु भएको छ । बागमती प्रदेशका १३ ओटै जिल्लामा विरोध प्रर्दशन क्षेत्र तोकेर सोही क्षेत्रमा मात्र विरोध प्रर्दशन गर्ने व्यवस्था मिलाइने बताउनु भएको हो ।
पछिल्लो समय प्रदेश सरकारका मन्त्रालयमा योजनाको माग गर्दै हजारौ निवेदन पर्न थालेको समेत जानकारी दिए। उनले प्रदेश सरकारले योजना बैक समेत बनाउन लागेको जानकारी दिदै आगामी दिनमा योजना बैकबाट छनौटमा परेका योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन हुने मन्त्रि श्रेष्ठको भनाई छ ।
बागमती प्रदेश सुचना पुनरावेदन समितिको अध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सुचनाको हक प्रबद्र्धन कार्यक्रममा आतरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रव गैडा,जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कार्साङ लामा,उपप्रमुख शान्ता कार्की,प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *