मन्त्रि श्रेष्ठद्धारा सिन्धुली कारागारलाई चार थान राइस स्टीमर मेसिन हस्तानतरण
असार ३,सिन्धुली/आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गर्नुभएको छ । आज (आइतबार) गृह जिल्ला आउनु भएका मन्त्रि श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गर्नुभएको हो ।
१ हजार भन्दा बढि कैदीबन्दि रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्नुहुँदै मन्त्रि श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएको जेलर कुसल न्यौपानेले बताउनु भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमानै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको छ ।
केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो आएकाले राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो“ दाउरामा बिहान बेलुका खाना बनाएर खानको लागि कैदीबन्दीले भोगको समस्या मैले आफैले देखे । कैदिबन्दिको चाप देखेर अस्वभाविक महशुस गरे । राइस स्टीमर नेपालमा भएका थुप्रै कारागार मध्य पहिलो पटक सिन्धुलीलाई उपलब्ध गराइएको छ । यो उपरकरण नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गरेको उपकरण हो । सिन्धुलीमा प्रभावकारी भएमा अन्य जिल्लामा पनि प्रदान गर्न प्रयास गर्नेछु । ”
२४ ट्रे को २ थान र १२ ट्रे २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो । जसमा एक पटकमा २४ ट्रे मा ७५ किलो र १२ ट्रे मा ३५ किलो चामल पकाउन मिल्ने छ ।