लिचीको दाना अड्किएर धुराबजारका ३ बर्षीय बालकको मृत्यु

असार १,सिन्धुली/सिन्धुलीमा घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । गए राति कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
हिजो (बिहीवार) लिची खाँदै गरेको बालकको घाँटिमा अचानक दाना अड्किएपछि गए राति नै उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार जिलवालले जानकारी दिनुभयो
बाललको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']