-
असार १,सिन्धुली,सिन्धुलीमा दिनानुदीन लागुऔषध,दुब्र्यसन र साइबर अपराध बढुदै गएको भन्दै जिल्ला युवा समिती सिन्धुलीले चासो देखाएको छ । जिल्ला युवा समितीले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा लागुऔषध,दुब्र्यसन र साइबर अपराध बारे सचेतना कार्यक्रको आयोजना गरेर युवाहरुलाई सचेतना प्रदान गरेको हो ।
जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्कीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रको आयोजना गरिएको थियो ।
सचेतना तालिमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जिल्लामा लागुऔषध,दुब्र्यसन र साइबर अपराधका घटना दिनानुदिन बढ्दै गइरहेको बताउनु भएको छ । समयमानै युवाहरुलाई प्रशिक्षण नगराउँदा कुलतमा फस्ने गरेको पाइएको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो “जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरु लापर्बाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई लागुऔषधको दुर्व्यसनमा डुबाउँछन्। विशेषगरी अत्याधिक आकांक्षा बोक्ने युवायुवतीले लागुपदार्थको नकारात्मक असरबारे बुझ्न आवश्यक छ । लागुपदार्थ तथा औषधि सेवनले व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा नकारात्मक असर पुर्याउँछ । मस्तिष्क अनि शरीरलाई लट्ठ पार्छ। यसरी शरीरलाई निन्द्राको भावमा मोहित पार्न सेवन गरिने नशादार वा मादक वस्तुलाई लागुपदार्थ भनिन्छ। यस्तो वस्तुको सेवन गर्ने लतलाई दुर्व्यसन भनिन्छ। यो आधुनिक समाजले नराम्रो मानेको आदत हो।”
लागुऔषध ओसारप्रसारमा पछिल्लो समय बालबालिका,युवाहरु प्रयोग हुने पाइएको प्रहरी नायव उपरिक्षक दाहालले बताउनु भयो । लागु औषधको प्रयोग तथा ओसारप्रसारमा संलग्न हुँदाका असरहरुबारे र कसरी सचेत रहने भन्ने बिषयमा दाहालले प्रष्ट्याउनु भएको थियो ।
News Desk 0 response शुक्रबार, असार १, २०८०
युवाहरु प्रायजसो फेसबुक, मेसेन्जर, टिकटक, युट्युबलगायतका सामाजिक सञ्जालमा ब्यस्त हुने गरेको पाइएको बताउनु हुँदै दाहालले कसैको इच्छाविपरीतको भिडियो, फोटो, मानिसको आवाज आदिको सक्कल वा नक्कलका रूपमा दुरुपयोग गरी व्यक्तिको मान, मर्यादा, प्रतिष्ठा, इज्जतमा असर पार्ने कार्य भइरहेको पाइएको उहाँले बताउनु भयो । यस्ता क्रियाकलाप बाट सचेत रहन र संलग्न हुदा हुने असरहरुबारे दाहालले प्रशिक्षण गराउनु भएको थियो ।
सिन्धुलीमा दिनानुदीन बढुदै गरिरहेको लागुऔषध,दुब्र्यसन र साइबर अपराधका घटनाको न्युनिकरण गर्ने उदेश्यले सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला युवा समिती सिन्धुलीका अध्यक्ष हेम कार्कीले बताउनु भयो । सचेतना कार्यक्रममा जिल्लाका बिभिन्न क्याम्पसका ७० जना युवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२
-
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२
