प्रेस युनियन सिन्धुलीको कार्यसमिति चयन, अध्यक्षमा लामिछाने सर्वसहमत
जेठ ३०, सिन्धुली/नेपाल प्रेस युनियन सिन्धुलीको जिल्ला कार्यसमिति सर्वसमत चयन भएकाे छ । गत बैशाख ३० गते सातौँ अधिवेशन उद्घाटन भए पनि अध्यक्षको दावेदार ६ जना भए पछि जिल्ला कार्यसमिति चयन हुन सकेको थिएन ।
संस्थालाई एकताबद्ध बनाउन सर्वसहमत कार्यसमिति गठनका लागि नेपाल प्रेस युनियन सिन्धुलीका संस्थापक अध्यक्ष राजकुमार कार्कीको संयोजकत्वमा कार्यदल बनाईएको थियो । कार्यदलले लामो कसरत गरेर सर्वसहमत कार्यसमिति चयन गरेको हो ।
लामो समयको कसरत पश्चात सोमवार बरुण लामिछानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरि टुङयाइएको छ । अधिवेशनबाट उपाध्यक्षमा पुष्कर थापा, समावेशी उपाध्यक्षमा रमादेवी फुयाँल, सचिवमा कल्पना भुजेल, सह–सचिवमा गुणामाया मगर र कोषाध्यक्षमा शर्मिला खड्का चयन हुनु भएको नव निर्वाचित अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
सदस्यहरूमा अर्जुन गजुरेल, अशोक काफ्ले, गङ्गा विशुङखे, प्रतीक्षा कार्की, पुनम सुनुवार, जितेन्द्र कुमर, केसरी भुजेल, नवराज श्रेष्ठ, बलबहादुर वि.क, शारदा पोखरेल र शङ्कर प्रसाद चौलागाई रहेको अध्यक्ष लामिछानेले बताउनुभयो ।
नयाँ नेतृत्व चयन गर्न वनेको कार्यदलको सदस्यहरुमा पूर्व अध्यक्षहरू श्यामहरि अधिकारी र बाबुराम देवकोटा हुनुहुन्थ्यो । अध्यक्षमा मात्र ६ जनाको दावि परेपछि सर्वसहमतिका लागि लामो समय कसरत भएको र सर्वसहमत कार्यसमिति चयन गरिएको कार्यदलले जनाएको छ । अध्यक्षको दावि गर्नेहरुमा बरुण लामिछाने, निवर्तमान अध्यक्ष यम प्रसाद चौलागाई, निवर्तमान उपाध्यक्षहरु पुस्कर थापा, रमादेवी फूयाँल, अनिल भण्डारी र निवर्तमान सचिव राजन परियार रहेका थिए ।