हरिहरपुरगढीमा उद्यमशिलता तालिमको अध्यक्ष वाइवाद्धारा उद्घाटन
जेठ २९,सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा द्वन्द प्रभावित युवाहरूलाई ४ दिने उद्यमशिलता विकास तालिम सुरु भएको छ । सामुदायिक विकास तथा सचेतना कार्यक्रम (सिडीय)नेपालका सचिव अनन्त कुमार बानियाको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
द्वन्द प्रभावित युवाहरू प्रायजसो विदेश पलाएन भएको पाइएकाले युवाहरूलाई उद्यमशिलताको विकास गरि सीप र रोजगारी सगं जोड्ने मुख्य उदेश्यका साथ तालिमको आयोजना गरिएको हरिहरपुरगढीका अध्यक्ष बज्रध्वज वाइवाले बताउनु भएको छ ।युवालाई नेपालमा नै ब्यापार र ब्यवसायमा प्रोत्साहन गरेर विदेश पलाएन हुन बाट रोक्नका लागि उद्यमशिलता विकास तालिम उपयुक्त रहेको उहाँको भनाई छ ।
सामुदायिक विकास तथा सचेतता (सिडीय) नेपाल र जनजाती समाज विकास कार्यक्रम(जेएसडीबि) को संयुक्त आयोजनामा गरिएको हो । बागमती प्रदेश सरकार ,सामाजिक बिकास मन्त्रालय युवा परिषद हेटौंडाको आर्थिक सहयोग र जिल्ला युवा समिति सिन्धुलीको समन्वयमा तालिम सन्चालन भएको जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष हेम कार्कीले जानकारी दिनुभयो ।
तालिममा हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका ४५ जना युवाहरु प्रशिक्षार्थीको रूपमा सहभागी रहेका छन् । तालिममा सामुदायिक विकास तथा सचेतना कार्यक्रम (सिडीय)नेपालका सचिव अनन्त कुमार बानिया पोष्टराज बिकले सहजीकरण गर्नुहुने छ ।