फिक्कलमा रुख बाट खसेर एकको मृत्यु

जेठ २८,सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा रुख बाट खसेर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर ४ सोल्पा खाङसाङका,दर्लामी टोलका ५५ बर्षीय हर्क बहादुर दर्लामीको रुख बाट खसेर मृत्यु भएको हो ।
आज दिउँसो आफ्नै बारीको रुखमा चढेर घाँस झार्ने क्रममा एक्कासी चिप्लिएर खसेको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।
मृतक दर्लामीलाई आफन्तले देख्नासाथ उठाएर अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएपछि घर फर्काइएको अध्यक्ष सुनुवारले बताउनु भयो । मृतकको टाउँकोमा गम्भिर चोट लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *