दुर्घटना अपडेट : बेपत्ता यमप्रसाद भुर्तेलको शव फेला

जेठ २७,सिन्धुली/सुनकोशी नदीमा सिटिइभीटीको गाडि दुर्घटनामा बेपत्ता यमप्रसाद भुर्तेलको शव फेला परेको छ । भुर्तेलको शब ८ दिन पछि दुर्घटना स्थलबाट ९५ किलोमिटर तलतिर उदयपुर गाउँपालिका वडा नम्बर ४ कुमलटार स्थित सुनकोशी नदीको किनारबाट फेला परेको हो ।
शुक्रबार (हिजो) सुनकोशीको किनारमा बेवारिसे लास फेला परेपछि कटारी अस्पतालमा राखिएको शवको मृतकका भाइले पहिचान गरी काठमान्डौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
जेठ १९ गते भक्तपुरबाट खोटाङ तर्फ जादै गरेको सिटिइभिटिको ३ जना कर्मचारी सवार १ झ ७४६७ को गाडि गोलन्जोर गाउँपालिका–७ लौकुन भन्ने स्थानबाट सुनकोशीमा खसेको थियो ।
गाडीमा सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, विद्युत् प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको शव ५ दिनपछि फेला परेपनि योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल जनाको शव फेला परेको थिएन ।
पुर्विनवलपरासी प्रगती नगरपालिकावडा नम्बर ७ का ५६ बर्षिय यमप्रसाद भुर्तेलको शव ८ दिन पछि फेला परेको प्रहरी प्रमुख सिलवालले जानकारी दिनुभएको हो ।
गाडीका चालक ३१ वर्षीय कृष्ण चौधरी घाइते अवस्थामा पौडिएर निस्किएका थिए। दुर्घटना भएपछि बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको टोली ८ दिन देखी सुनकोसिमा निरन्तर परिचालित थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *