पुन ४ दिन विद्यालय बन्द गर्ने मरिण गाउँपालिकाको निर्णय

जेठ २६,सिन्धुली/ सिन्धुलीको मरिण गाउँपालिकाले पुन ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक तापक्रम बढीरहेकोले पठनपाठनमा असर पुगेको भन्दै पालिकाले पुन ४ दिन विद्यालय बन्द गराउने निर्णय गरेको हो ।
अत्याधिक गर्मी बढ्दै गएकाले जेठ २२ गते बाट २६ गते(आज) सम्म मरिण गाउँपालिका भित्रका सामुदायिक तथा सँस्थागत विद्यालय बन्द गरिएको थियो ।
तापक्रम अझै कम नभएको,तातो हावा चलेकोले विद्यार्थीहरुलाई पठनपाठनमा सहज नभएकोले पुन ४ दिन बिदा दिइएको गाउँपालिकाका अध्यक्ष प्रख्यात मोक्तानले बताउनु भएको छ ।
आज बाट ३० गते सम्म विद्यालय बन्द हुने गाउँपालिकाले बिज्ञप्ति मार्फत जनाकरी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *