सर्पले डसेर दुधौलीमा बृद्धाको मृत्यु

जेठ २६,सिन्धुली/दुधौली नगरपालिका सिन्धुलीमा सर्पले डसेर एकजना बृद्धाको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नम्बर १० कुर्था स्थित श्याम बहादुर कार्किको ६२ बर्षीया श्रिमती शिव कुमारी कार्किको सर्पले डसेर मृत्यु भएको हो ।
आज (शुक्रबार) विहान साँढे ५ बजेको समयमा आफ्नै घरको पेटिमा हिँडिरहेको समयमा बृद्धा लाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
घाइते बृद्धा लाई उपचारको लागि दुधौली नगरपालिका ९ सर्पदंस अस्पतालमा लगिएको थियो । सामान्य उपचार पश्चात सिराहाको कर्जना फुलकुमारी महतो मेमोरियल हस्पिटलमा उपचारको क्रममा ८ः१७ बजे डाक्टरलले घाइतेको मृत घोषणा गरेको प्रबक्ता दाहालले बताउनु भयो ।
गर्मियाम शुरु भएसँगै सिन्धुलीको दुधौली नगरपालिकामा सर्पले डसेर एक महिनामै ३ जनाको मृत्यु भइसकेको छ । केही समय अगाडि सर्पले डसेर एकै परिवारका दाजुभाईको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *