सिन्धुलीमा ह्याण्स नेपालको गतिबिधिहरुको संयुक्त अनुगमन

जेठ २५,सिन्धुली/सिन्धुलीमा ह्याण्स नेपालको गतिबिधिहरुको संयुक्त अनुगमन गरिएको छ । कमलामाई नगरपालिका भित्र ह्याण्ड्स नेपालद्धारा कार्यान्वयन भइरहेको सिकाइ परियोजना अन्तर्गत सम्पन्न गतिविधिको संयुक्त अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिती सिन्धुलीका उपप्रमुख शान्ता कार्कि,कमलामाई नगरपालिकाका नगर उपप्रमुख मन्जु देबकोटा लगायतले कमलमाई नगरपालिका ५, शाखाजोरको सरस्वती आधारभूत विद्यालय शाखाजोर, कमलामाई नगरपालिका ६, पानी ट्याङ्की सिन्धुली रहेको सिद्धबाबा माध्यमिक विद्यालयमा संयुक्त अनुगमन गर्नुभएको परियोजनाका संंयोजक अमृत पाख्रीनले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाको समन्वय,प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, ह्याण्स नेपालद्धारा कार्यान्वयन भइरहेको सिकाइ परियोजना अन्तर्गत सम्पन्न गतिविधिको संयुक्त अनुगमन गरिएको गरिएको हो ।
परियोजना लागु भएको अनुगमनमा स्थलगत अवलोकन संगै लागु परियोजनाको प्रभाव वारे शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुसँग छलफल गरिएको छ । लागु परियोजनाले के कस्तो सहज भएको छ ? हाल कयरी प्रयोग भइरहेको छ ? यस्लाई कसरी व्यवस्थापन गर्ने ? दिगोपनको लागि के के गरिएको छ ? लगायतका बिषमा छलफल गरिएको ह्याण्स नेपालका सिकाई परियोजना संयोजक अमृत पाख्रिनले जानकारी दिनु भएको छ ।
परियोजना अन्तर्गत सरस्वती आधारभूत विद्यालय शाखाजोरमा बाल कक्षाको भवन मर्मत तथा कक्षा कोठा व्यवस्थापन, जस्तापाता परिवर्तन, रंगरोगन, भित्तेलेखन, टिभी व्यवस्थापन, फर्निचरका सामाग्रीहरु तथा बसाइ व्यवस्थापन, खानेपानी फिल्टर, पंखा लगायतका सामग्रीहरुको व्यवस्थापन गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *