• जेठ २२,सिन्धुली/प्रतिनिधिसभामा सभामुखको भूमिका तटस्त नभै अमूक पार्टीको कारिन्दा जस्तो देखिएको भन्दै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले खेद प्रकट गर्नुभएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सम्बोधन गर्ने समयमा नेकपा एमालेका सांसदले पटक पटक बिरोध गर्दा सभामुखको भूमिका तटस्त नभै अमूक पार्टीको कारिन्दा र नियमावली विपरित सदन सञ्चालनमा खेद प्रकट गर्नुभएको हो ।
    सांसद दाहालले सामाजिक सन्चालनमा लेख्नुभएको छ “ प्रतिनिधिसभामा सम्माननीय सभामुखको भूमिका तटस्त नभै अमूक पार्टीको कारिन्दा जस्तो देखिनु र प्रतिनिधिसभा नियमावली विपरित सदन सञ्चालन गर्नु खेदजनक छ। सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र भारतीय सरकार अनि भारतीय जनताले गरेको सम्मानबाट प्रतिपक्षी दलको चिन्ता,गैर जिम्मेवारपन,गैर सम्सदीय चरित्र र दोष पनि हेर्न लायक देखिएको छ।” ।