बागमती प्रदेशका मन्त्रि त्रयद्धारा नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन

जेठ २१,सिन्धुली/स्थानीय सरकारलाई सर्वप्रथम शिक्षा,स्वास्थ्य,खानेपानी तथा सिंचाईमा जोड दिन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आग्रह गर्नुभएको छ । मरिण गाउँपालिका वडा नम्बर २ को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले जनताका अतिआवश्यक बस्तुको पूर्ति पश्चात मात्रै भौतिक संरचना निर्माणमा लाग्न आग्रह गर्नुभएको हो ।
स्थानीय सरकारको सिमीत बजेट र परम्पराबादी शैलिमा काम भइरहेकाले लगानीको उपलब्धि हासिल गर्न नसकिएको उहाँको तर्क छ । उहाँले भन्नुभयो “स्थानीय सरकारको कामले पुर्णता पाउन सकेको छैन । मैले प्रत्यक पालिका अध्यक्ष सँग एकैचोटि सबैतिर बजेट छर्ने काम नगर्नु भन्ने गरेको छु । जनताको आबश्यकता अनुसार शिलशिलाबद्ध रुपमा काम गर्दा मात्रै स्थानीय सककार सफल हुन्छ । ”
एउटा योजनाले पुर्णता पाएपछि मात्रै अर्को योजना सुरु गर्नुपर्ने मुख्यमन्त्री जम्कट्टेलले बताउनु भएको छ । “पालिका भित्रका सबै सडक पिच गर्छु भनेर नसोच्नु त्यो सम्भव नै छैन । सबै गाउँलाई छुने एउटा मुख्य सडक छनोट गरेर ब्यवस्थापन गर्नुस । त्यसमा प्रदेश सरकारले सहयोग गर्छ । शिक्षा,स्वास्थको क्षेत्र निकै नाजुक छ । हामी सरर गाडी गुड्ने पिच सडकमा ध्यान दिन्छौँ । उहाँले थप्नुभयो ।

स्रोत साधनको अभावले शिक्षा,स्वास्थ्यमा स्थानिय सरकारले भनेजस्तो काम गर्न सम्भव भएको छैन । प्रदेश सरकाले सहयोग गरेपनि निति निर्माण नहुँदा योजनाबद्ध सहयोग नभएको बताउनुहुँदै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशले निति निर्माण गर्न लागेकोले अब सहज हुने बताउनु भयो ।
सिन्धुलीका ९ वटा पालिकामध्ये विकासका दृष्किोणले पछि परेका पालिकाहरुलाई प्राथमिकताम राखेर काम गरिने उहाँको भनाई छ । मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोत्तानले पालिका भित्रका बिभिन्न स्थानमा पक्कि पुल निर्माण,सडक निर्माण र सिँचाइ आयोजनाको माग गरेकाले यो बर्ष आवश्कताको आधारमा बजेट बिनियोजन गरिने बताउनु भयो ।


बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि गंगानारायण श्रेष्ठले मरिण गाउँपालिकाको हाल सम्म पनि आफ्नै वडा कार्यालय नभएका वडा नम्बर १ र ६ नम्बर वडाको भवन निर्माणको लागि आगामी आर्थिक बर्षमा बजेट बिनियोज गरिने प्रतिबद्धता जनाउनु भएको छ । आफ्नै निर्वाचन क्षेत्र रहेकाले मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिकालाई प्राथमिकता राखिने उहाँले बताउनु भयो ।
खानेपानी,सिंचाई जनताका

आधारभुत आवश्कतामा भित्र पर्ने भएकाले आवश्यकता अनुसार बजेट बिनियोजन गरिने बागमती प्रदेशका खानेपानी,उर्जा ,जलस्रोत तथा सिंचाई मन्त्रि तिर्थ बहादुर लामाले बताउनु भयो ।


बागमती प्रदेश र मरिण गाउँपालिकाको संयुक्त बजेट ८६ लाख ७२ हजार ८ सय ७० रुपैयामा वडा नम्बर २ को भवन निर्माण सम्पन्न भएको छ । आज मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आत्थियता,बागमती प्रदेशका आन्तरिक मामिला ताथ कानुन मन्त्रि गंगानारायण श्रेष्ठ,खानेपानी,उर्जा ,जलस्रोत तथा सिंचाई मन्त्रि तिर्थ बहादुर लामाको उपस्थितीमा एक औपचारिक कार्यक्रमकाबिच नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *