सिन्धुलीमा पत्रकारहरुको लागि २ दिने आत्मसुरक्षा सम्बन्धि तालिम

जेठ १६,सिन्धुली/सिन्धुलीमा पत्रकारहरुको लागि २ दिने आत्मसुरक्षा सम्बन्धि तालिमको आज सिन्धुलीमाढीमा उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिब देबकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमका वीच तालिमको उद्घाटन गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितीको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको समन्वय तथा प्रदेश युवा परिषद बागमती प्रदेशको आर्थिक सहयोगमा तालिम सुरु भएको नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव पुष्कर थापाले जानकारी दिनुभयो ।


आम पत्रकार लाई समाजमा रहेका बिकृती, विसंगती आवाज उठाउदै गर्दा पत्रकार हरु असुरक्षित हुने गर्दछन । त्यसका लागि सुरक्षा कसरी अपनाउन सकिन्छ भन्ने जानकारी गराउने उदेश्यका साथ तालिमको आयोजना गरिएको बामगती प्रदेश अध्यक्ष शिव देबकोटाले जानकारी दिनुभयो ।
तालिममा विभिन्न बिपदको समयमा आफुलाइ सुरछित कसरी राख्ने भन्ने पहिलो चरकाणका सुरक्षाका तरिका सिकाइने छ । तालिममा जिल्लाभर बाट २५ जना पत्रकार सहभागी छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बामगती प्रदेशका महासचिव कृष्ण् सारु मगर,सचिव राजन गाउले, जिल्ला अध्यक्ष कृष्णहरी घिमिरे,युवा परिषद सिन्धुलीका अध्यक्ष हेम कार्कि लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *