• जेठ १६,सिन्धुली /सुतिरहेको ठाउँमा सर्पले डस्दा दुई बालक को मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नम्बर १ कुर्थाैलीका दाजुभाई सुतिरहेको ठाउँमै बिषालु सर्पले डस्दा दाजुभाईकै मृत्यु भएको हो ।
    कुर्थाैलीका गणेश पहाडी र गंगाा पहाडीका छोरा ३ बर्षिय गृष्म पहाडी र १३ बर्षिय गृष पहाडीलाई गयराती सर्पले डसेर उपचारको क्रममा जनकपुर अस्पतालामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रबक्ता चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
    सर्पले ३ बर्षिय बालकको बाँया खुट्टाको बुढि औँलाको बिचमा र १३ बर्षिय बालकको दायाँ हातको साइली औँलामा डसेको निसान फेला पारेपछि अस्पताल लगिएको थियो ।
    सिर्थाैली स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात दुबै बालकलाई जनकपुर अस्पताल लगिएको थियो । अस्पतालले बालकलाई सर्पले डेसेको लामो समय भएकाले मृत्यु भएको भन्दै बिहान ८ बजे दुबै बालकलाई मृत घोष्णा गरेको प्रहरीले जनाएको छ । परिवारले बिहान ३ बजे थाहा पाएपनि राति ११ बजेतिरै सर्पले डसेको हुन सक्ने आशका गरिएको छ ।