• जेठ ९, सिन्धुली/सिन्धुली अस्पताल सिन्धलीमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा आन्दोलन गरेका छन्।

    उपचारको क्रममा कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको मृत्यु भएको हो । डाक्टरले गलत ओेैषधि पर्योग गर्दा गर्भवती महिलाको मृत्यु भएको आफन्तको दावि छ । मृतक महिलालाई सिन्धुली अस्पतालमा उपचारको क्रममा भेन्टिलेटरमा राखि उपचार गर्नु पर्ने भन्दै वर्दिवास रिफर गरिएको थियो । विरामीको बाटोमा नै मृत्यु भएको आफन्तले जनाएको छ।

    मृतक गर्भवती उपचारको लागि विहान १० वजे हिडेर नै अस्पलाल आएको मृतको श्रीमान लोकबहादुर श्रेष्ठले वताउनुभयो । सिन्धुली अस्पतालका डाक्टरले गलत ओैषधि ईन्जेक्सन लगाईदिएकोले मृत्यु भएको वर्दिवासका डाक्टरले वताएको मृतकको श्रीमान लोकबहादुरले बताउनु भयो ।

    आक्रोशीत भिडले शान्तिनगर चोक र अस्पतालको मुुल गेटलमा टायर बालेर आन्दोलन गरिरहेका छन् । लाहाप्रवाही गर्ने डाक्टरलाई कार्वाही, मृतकका आफन्तलाई उचित क्षतिपुर्तीको माग गर्दै आन्दोलन गरिरहेका छन्। आक्रोसित भिडले सिन्धुली अस्पतालको झ्याल तोडफोड गरेको छ ।

    पिडित पक्ष, अस्पतालका प्रतिनिधिवीच जिल्ला प्रहरी कार्यालयमा वार्ता भईरहेको छ। वार्ता निचोडमा पुग्न सकेको छैन। अस्पतालले घटनाको बारेमा कुनै ओैपचारिक धारणा सार्वजनिक गरेको छैन ।