मरिणमा सांसद दाहालद्वारा १६० छात्रालाई साइकल वितरण

जेठ ६, सिन्धुली(मरिण)/सिन्धुलीको मरिण गाउँपालिकाले पालिका भित्रका १ सय ६० जना छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिका भित्रका विभिन्न विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ सय ६० जना छात्राहरुलाई साइकल वितरण गरेको हो । आज एक कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य राजन दाहालले छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।
साइकल वितरण गर्दै सांसद दाहालले शिक्षाले व्यक्तिको शारिरिक, मानशिक र सामाजिक रूपमानै सक्षम हुन सहयाेग गर्ने भन्दै साईकल वितरणले नियमित शिक्षा आर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
“समाजका हरेक किशाेरीले उच्च तह सम्मकाे शिक्षा हाँसिल गरेर मात्र बिवाह गरेर समाज परिवर्तनमै सहयोग पुग्ने छ” दाहाले भन्नुभयो ।
उच्च शिक्षा अध्ययनका लागि छात्राहरुलाई विद्यालयसम्म आउन जान सहज होस भन्ने उद्देश्यले छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो ।
‘पालिका भित्र रहेका दुई उच्च माध्यमिक विद्यालयहरु छन् । ति विद्यालयमा अध्ययनरत १६० जना विपन्न, दलित, आदिवासी जनजाती छात्राहरुलाई पहिलो चरणमा साइकल वितरण गरिएको हो,’ मोक्तानले भन्नुभयो ।
आफू गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई सपथ ग्रहण गरेको एक वर्ष पुरा भएकै दिन आफ्नो प्रतिबद्धता अनुसार साइकल वितरण गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
आफ्नाे कार्यकाल एक वर्ष पुरा भएकाे अवसरमा अध्यक्ष माेक्तानले आफ्ना १०१ महत्वपूर्ण उपलब्धिहरू समेत प्रस्तुत गर्नुभएको थियो ।
साइकल गाउँपालिकालेनै खरिद गरेको हो ।
पालिका भित्रका सबै विद्यालयमा विद्यालय बस नहुँदा कतिपय छात्रारुले विद्यालय जान आउन सास्ती खेप्दै आएका थिए ।
पालिकाले साइकल वितरण गरेपछि आफूहरुमा राहत मिलेको छात्राहरुले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *