मरिणमा बिवाह अघिनै स्नातक उतिर्ण पाँच किशोरीलाई एक/एक लाख उपहार

जेठ ६, सिन्धुली(मरिण)/सिन्धुलिको मरिण गाउँपालिकाका अविवाहीत स्नातक तह उत्तिर्ण पाँच जना किशोरीहरुलाई जनहि एक/एक लाख रुपैयाँ नगद प्रदान गरिएको छ ।
मरिण गाउँपालिकाले बिवाह नगरी पढाईलाई निरन्तरता दिँदै स्नातक उतिर्ण मन कुमारी कडेल, चित्रकुमारी कडेल, रजनी मैनाली, सुकृता घिसिङ र विमला तामाङलाई जनही एक/एक लाख रुपैयाँ सम्मान स्वरुप प्रदान गरिएहोको हो ।
गाउँपालिकामा बालबिवाह बढ्दै गएका बेला ‘बिहेवारी स्नातक तह पुरागरी’ भन्ने नारा अनुसार अविवाहीत छात्राहरुलाई उपहार स्वरुप जनही एक/एक लाख रुपैयाँ प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले जानकारी दिए ।
शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका विच प्रतिनीधिसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका सिन्धुली इन्चार्ज राजन दाहालले स्नातक तह उतिर्ण छात्राहरुलाई नगद उपहार प्रदान गर्नुभयको हो ।
स्नातक उतिर्ण गरेपछि मात्र बिवाह गर्ने छात्राहरुलाई पालिकाले एक/एक लाख रुपैयाँ उपहार दिने व्यवस्था गरेपछि सानै उमेरमा बिवाह गर्ने र विचैमा कक्षा छाड्ने छात्राहरुको संख्यामा कमी आउने अपेच्छा गरिएको पालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।
यस्तो कार्यक्रमले पालिका भित्रका ‘प्लश टु’ गर्दै गरेका छात्राहरुमा समेत हौसला बढ्ने र कम्तीमा स्नातक तहसम्मको अध्ययन पुरा नभएसम्म बिवाह नगर्ने छात्राहरुले समाजमा हुने बाल बिवाह न्युनिकरणमा समेत सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम दर्जीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *