टेलिफोनको टावर माग गदैँ हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाइवा काठमान्डौँमा

जेठ ४,सिन्धुली/सिन्धुलीको हरिहरपुगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा सञ्चार सुविधाबाट वञ्चित गाउँपालिकाका बिभिन्न वडामा नेपाल टेलिफोनको टावर माग गर्न काठमान्डौँ पुग्नु भएको छ । संघिय सुचना तथा संचार प्रविधि मन्त्रि रेखा शर्मा समक्ष टेलिफोनको टावरको माग गर्नको लागि अध्यक्ष वाइवा आज मन्त्रि शर्माको कार्यकक्षमै पुग्नु भएको हो ।
सञ्चारको भरपर्दो सुविधा नभएको हरिहरपुरगढि गाउँपालिका को वडा न १ को जितपुरडाँडा,वडा नम्बर २ को पालिका परिसर झनझनेमा र वडा नम्बर ५ को सिम्रास डाडामा टेलिफोन टावर नहँदा समस्या भइरहेकाले मन्त्रि शर्मा सँग ३ वटा टावर माग गरिएको अध्यक्ष वाइवाले जानकारी दिनुभयो ।
टेलिफोनको टावर नहुँदा त्यहाका जनताले निकै सास्ती बेहोरीरहेकाले निर्वाचनको समयमा पनि टेलिफोनको टावर राखिने प्रतिबद्धता गरेकाले सो प्रक्रियाको मन्त्रालयमा धाइरहेको अध्यक्ष वाइवाले बताउनु भयो ।
बर्षो देखि सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै मन्त्रि शर्मा समक्ष सो कुरालाई गम्भिर रुपमा ध्यान दिन अध्यक्ष वाइवाले आग्रह गर्नुभएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ६ को लेखटोल,वडा नम्बर ७ को भुताहाको छेडाडाँडा,जमुना दमारमा यसअघिनै सघको बजेटबाट टेलिकमको टावर निर्माणको लागि सर्वे भएर टेण्डर भइसकेको अध्यक्ष वाइवाले जानकारी दिनुभयो ।
अन्य वडामा पनि टेलिकमको टावरको लागि बजेट बिनयोजन भए हरिहरपुरढी गाउँपालिका सुचना सन्चारबाट सम्पन्न हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *