रेडक्रस सिन्धुलीको पहलमा अग्नी पिडितलाई राहात वितरण
जेठ ३, सिन्धुली/नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको पहलमा संकलित राहत रकम अग्नी पिडितलाई हस्तान्तरण गरिएको छ ।
कमलामाई नगरपालिका २ चियावारीका अग्नी पिडित चार घरपरिवारलाई नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति असोक श्रेष्ठको पहलमा संकलन भएको १ लाख ५६ हजार रकम आज प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा हस्तान्तरण गरिएको हो ।
नेपाल फिल्म सोसाईटी युएसए, प्रेसिडेन्ट तथा ग्लोवल नेपाली फिल्म अवार्ड्सका अध्यक्ष कोरोराडो निवासी समाजसेवी नायक नवराज श्रेष्ठको पहलमा अमेरिकन नेपालीहरुबाट संकलन भएको १ लाख ५६ हजारबाट अग्नी पिडित टोप कुमार थापा, रुपा राई, कौशल थापा र अम्बिका बुढाथोकीलाई जनहि ३९ हजारका दरले रकम वितरण गरिएको हो ।
अमेरिकामा रहनु हुने नवराज श्रेष्ठ, जगदिशचन्द्र ढकाल, सरिता गुरुङ, सुमन पाठक, ग्रिस्मा गौतम, प्रकाश पौडेल, दिना श्रेष्ठ, रोशन बोगटी, डी पी शर्मा, राजकुमार काफ्ले, पदम विश्वकर्मा, अर्जुन के.सी., भुषण श्रेष्ठ, शैलेष श्रेष्ठ, इच्छा विक्रम थापा, कृष्ण सुनार, विनय कुमार श्रेष्ठ, नविन श्रेष्ठ, सरिता श्रेष्ठ, अमिर श्रेष्ठ, हेमन्ती श्रेष्ठ, पुरुषोतम सुवेदी, वेद लामा, गोपि नारायण श्रेष्ठ र अस्मिता श्रेष्ठले सहयोग गर्नु भएको थियो ।
स्व. बोधविक्रम थापाको परिवारद्वारा पनि राहात रकम हस्तान्तरण
कमलामाई नगरपालिका –२, चियावारीका अग्नी पिडितलाई स्वर्गीय बोधविक्रम थापाका श्रीमती तारा थापा र छोरा डेनमार्क निवासी निल थापाको सहयोगमा १ लाख ५४ हजार ४ सय ७२ रुपैया रकम हस्तान्तरण गरिएको छ ।
चार परिवारलाई जनही ३८ हजार ६ सय १८ रुपैया राहात रकम प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा हस्तान्तरण गरिएको हो । बैशाख ११ गते स्थानीय राजकुमार श्रेष्ठको घरबाट सल्केको आगोले कौशल थापा, योग बहादुर थापा र गंगा थापाको घर जलेर एक करोड १६ लाखभन्दा बढीको क्षति भएको थियो ।