भिरगाउँमा नि:शुल्क आँखा जाँच शिविरबाट ८० जनाले सेवा लिए, ७ जनामा मोतियाबिन्दु

बैशाख २६,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ भिरगाउँ खोपकेन्द्रमा नि:शुल्क आँखा जाँच शिविर बाट ८० जनाले सेवा लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा शाखा सिन्धुली र जानकी आँखा अस्पताल,जनकपुरको आयोजना तथा वडा नम्बर ११ सिन्धुली रेडक्रस सोसाइटि रानीचुरी उपशाखाको संयोजन तथा ब्यबस्थापन र कमलामाई नगरपालिकाको साझेदारीमा भएको नि:शुल्क आँखा जाँच शिविर बाट ८० जना आखाँका बिरामीले सेवा लिएका हुन् ।
८० जना आँखाका समस्या भएकाहरुको आखाँ परिक्षण गर्दा ७ जनाको आँखामा मोलियाबिन्दु भएको पाइएको ११ नम्बर वडा अध्यक्ष राम बहादुर थिङले जानकरी दिनुभयो । वडाका ४० बर्ष उमेर समुह देखि माथिका मानिसले आँखा परिक्षण गरेका थिए ।
उक्त शिविरबाट मोतियाबिन्दु देखिएका ७ जनाको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्वारा सन्चालित जिल्ला आँखा अस्पतालमा बैशाख ३० गते नि:शुल्क आँखाको अप्रेसन गरिने जिल्ला सभापति असोक श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि आँखा शिविरबाट मोतियाबिन्दुको समस्या देखिएका ४० देखि ५० जना बिरामीहरुको ३० गते अप्रेशन गरिने सभापति श्रेष्ठले बताउनु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *