राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा मन्त्रि श्रेष्ठद्धारा शुभकामना

बैशाख १९,सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रि गंगा नारायण श्रेष्ठले छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

छैटौँ राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस–२०८० का अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएका छन् । “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा यो दिवस मनाइएको छ ।

मन्त्रि श्रेष्ठले शुभकामना ब्यक्त गर्दै भन्नुुभएको छ, “हामी बाँचिरहेको युग सूचना सञ्चार र बिज्ञान प्रविधिको हो । सञ्चार तथा सूचना प्रविधिको प्रयोग आम नागरिकले सुरक्षित रूपमा गर्न पाउने र सूचना तथा सञ्चार प्रविधिमा सबैको समान पहुँच रहने व्यवस्था गर्न साथै सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहमा पारदर्शिता, सहजता, मितव्ययिता र छिटोछरितो बनाउँदै प्रविधिमैत्री सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *