अनेरास्ववियु जिल्ला कमिटी सिन्धुलीको अध्यक्षमा लुङ्गेली निर्वचित

बैशाख १८,सिन्धुली/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) जिल्ला कमिटी सिन्धुलीको नयाँ कार्यसमितीको अध्यक्षमा प्रशान्त लुङ्गेली मगर निर्वाचित हुनुभएको छ । १६ गते बाट सिन्धुलीमाढीमा जारी रहेको १५ औँ जिल्ला अधिवेशनको बन्द सत्रमा लामो छलफलबाट पनि नयाँ कार्यसमितीका ४ जना पदाधिकारी टुङगो नलागेपछि निर्वाचन गरिएको थियो ।
निर्वाचनमा अध्यक्ष पदका लागि ३ जनाको उमेदवारी परेकोमा प्रशान्त लुङ्गेली मगरले १ सय ७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको युवा संघ नेपाल कमलामाई नगरपालिकाका सचिव श्रवण नेवा खड्कीले जानकारी दिनुभयो । उहाँका प्रतिष्पर्धी सन्तोष घिमिरेले १ सय ७३ मत प्राप्त गर्नुभएको थियो ।
उपाध्यक्षमा ललित रजन मगर बिजयी हुनुभएको छ । १ सय ८५ मत प्राप्त गरेर ललित रजन मगर उपाध्यक्षमा बिजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी बिष्णु पौडेलले १ सय ७५ मत ल्याउनु भएको छ ।
सहसचिवमा सरद बराल, प्रज्वल तिमल्सिना र सर्मिला राउत निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा प्रदिप माझि निर्वाचित भएको खड्कीले जानकारी दिनुभयो ।
सचिवमा अजय दोङ सर्बसम्मत चयन हुनुभएको छ । त्यस्तै पदाधिकारी सहित ४१ जना चयन भएको कार्यसमितीका सदस्यहरु पनि सर्बसम्मत चयन भएका छन् ।