दुम्जा मरिण सर्लाही रोड अन्तर्गत मरिणको नयाँबस्ती देउरालीमा २ किमी कालोपत्रे सुरु
चैत्र ११,सिन्धुली/दुम्जा मरिण सर्लाही रोड अन्तर्गत मरिण गाँउपालीका ६ नयाँबस्ती देउरालीमा कालोपत्रे गर्न थालिएको छ । पहाड देखि तराई मधेस जोड्ने रणनीतिक र ऐतिहासिक महत्व बोकेको उक्त सडकको देउरालीमा कालोपत्रे गर्न थालिएको हो ।
प्रतिनिधि सभा सांसद लेखनाथ दाहाल (राजन)ले शुक्रबार औपचारिक रुपमा सडकको सिलान्यास गर्नुभएको छ । बागमती प्रदेशको ५ करोड बजेट बाट कालोपत्रे सुरु गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तानले जानकारी दिनुभयो ।
नयाँ बस्ती देउराली सेक्सनको २ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । दुम्जा मरिण सर्लाहि रोडको ब्यबस्थापन पश्चात पहाड बाट तराई सम्मको यात्रामा छोटो र सहज हुने प्रतिनिधि सभा सदस्य दाहालको भनाई छ ।
सो सडकको ब्यबस्थापनको लागि प्रत्यक बर्ष बजेट बिनियोजनको लागि पहल गरिने पनि दाहालले बताउनु भयो ।