सिन्धुलीमा दुई नाबालिका आफन्तबाटै करणीमा परे

चैत्र ८, सिन्धुली/सिन्धुलीमा दुई नाबालिकामाथि हाडनाता भित्रकै व्यक्तिबाट करणी गरिएको छ । सिन्धुलीको दुई अलग स्थानका दुई जना नाबालिका माथि पटक पटक हाडनाता भित्रकै व्यक्तिबाट करणी गरिएको खुलासा भएको हो ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालका अनुसार ११ वर्षीया बालिका माथि निजकै काका नाता पर्ने १८ बर्षीय युवकले लामो समय देखि पटक पटक जबरजस्ती अनैतिक कार्य गर्न उक्साउने र हामी दाजु बहिनी पर्छौ भनि पीडितले भन्दा समेत मार्नेसम्मको धम्की दिँदै पटक पटक करणी गर्दै आइरहेको खुलेको जनाएको छ ।
फाल्गनु २७ गते घरमा जबरजस्ती करणी गर्दै गरेको अवस्थामा आफन्तले फेला पारेपछि पीडित नाबालिकाकी आमाले चैत २ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा जाहेरी दिएको प्रहरी प्रमुख बताउनु भयो ।
साथै १३ बर्षिय नाबालिका आफ्नै बुवाबाट करणीमा परेकी छिन् । बाबुले कुटपिट गर्दै जबरजस्ती करणी गर्दै आइरहेकाले आमाले प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो । पीडित नाबालिकाको आमाले चैत २ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिइएको थियो ।
११ बर्षिय नाबालिका लाई जबरजस्ती करणी गर्ने १८ बर्षिय युवकलाई पक्राउ गर्नकोे लागि खोजिकार्य भइरहेको र आफ्नै १३ बर्षिय नाबालिका छोरी लाई जबरजस्ती करणी गर्ने बाबुलाई पक्राउ गरीसकेको प्रहर िप्रमुख सिलजवालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *