अबैध औषधि पसल तथा फार्मेसीहरुलाई कारबाहि गरिने

चैत्र २, सिन्धुली/औषधि पसल तथा फार्मेसीहरु दर्ता विना अबैध रुपमा सन्चालन नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले निर्देशन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा हस्ताक्षरित सूचनामा औषधि पसल तथा फार्मेसीहरु कानून बमोजिम सन्चालन नभएको पाइएमा कानूनी कारबाहि गरिन निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ “औषधी ब्यवसाय मानवीय स्वास्थ्यसँग प्रत्यक्ष रुपमा सम्वन्ध रहेकोले औषधिको किसिम प्रयोग गर्ने तरिका, मात्रा, भण्डारण आदी नमिल्दा जीवन नै जोखिममा पर्न सक्ने भएकाले औषधि वेच्नका लागि इजाजत लिनुपर्ने, व्यवसायको दर्ता हुनुपर्ने, सम्बन्धित इजाजतवालाले मात्र विक्री वितरण गर्न पाउने छ ।”
साथै औषधिको अवैध बिक्रीले प्रचलित कानूनको बर्खिलाप हुने र स्वास्थ्यमा नकारात्मक असर समेत पर्न सक्ने हुँदा यस्ता गतिविधि बन्द गर्न सबै ब्यवसायीलाई सूचना मार्फत आग्रह गरिएको छ । जिल्लामा संचालित औषधि पसलहरुलाई छिटो भन्दा दर्ता तथा आबश्यक प्रक्रिया पूरा गरि आफ्नो पेशाको मर्यादा कायम पनि आग्रह गरिएको छ ।
औषधिको आयात, संचय र बिक्री वितरण गर्न सम्बन्धित निकायको अनुमति लिई दर्ता र नविकरण गराउने , दर्ता भन्दा अन्यत्र ठाँउमा व्यवसाय संचालन नगर्ने, पसलमा साइन बोर्ड, दर्ता, नविकरण, इजाजत लगायत कागजात सवैले देख्ने गरी राख्ने, इजाजत प्राप्त व्यक्तिबाट मात्र औषधि विक्री वितरण गर्ने सुचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले अरुको अनुमति प्रयोग गरी अनाधिकृत व्यक्तिबाट औषधिको कारोवार नगर्ने, म्याद भएका औषधिसँग म्याद गुज्रेका औषधि नराखी अलग्गै छुट्याउने र त्यस्ता औषधिहरु विक्री वितरण नगर्न निर्देशन गरेको छ ।
यदि जिल्ला प्रशासन कार्यालयको सुचना अटेर गरी सन्चालन भएको पाइएमा कानुन बमोजिम पाँच बर्ष सम्म कैद र पचास हजार सम्म जरिवाना साथै सो औषधि बिक्रि बितरणबाट मानिसको ज्यान गएमा जन्मकैद सम्म हुने सुचनामा उल्ल्ेख गरिएको छ ।
सर्बसाधारण उपभोक्ताहरुले पनि कानून बमोजिम सन्चालन नभएका औषधि पसल तथा फार्मेसी बाट औषधि खरिद नगर्न जिल्ला प्रशासन कार्यलय सिनधुलीले जारी गरीएको सुचनामा उल्लेख आग्रह गरिएको छ ।