• फागुन १७, सिन्धुली/डिभिजन वन कार्यालय सिन्धुलीले १० जना वन डढेलो नियन्त्रण दस्ता (हरीतदस्ता) लाई भोलिबाट तालिम प्रदान गरिने भएको छ । वनमा डढेलो नियन्त्रण कार्यमा परिचालन गर्नका लागि १० जना हरीतदस्तालाई भोलिबाट तालिम प्रदान गरिने भएको हो ।
    डिभिजन वन कार्यालय सिन्धुलीले डढेलो लाग्ने समयमा ५ महिनाको लागि १० जना हरीतदस्ता सिफारिस गरेर तालिम प्रदान गरी परिचालन गर्न लागिएको डिभिजन वन कार्यालय डिभिजन वन अधिकृत कृण राज न्यौपानेले बताउनु भएको छ ।
    यो समयमा वनमा जताततै आगो लाग्ने गरेको र डिभिजन वन कार्यालय सिन्धुलीमा कर्मचारी न्युन रहेकाले डढेलो नियन्त्रणको सहजताको लागि डढेलो नियन्त्रणका बिभिन्न सामाग्री सहित १० जना हरीतदस्ता तयारी अबस्थामा राखिएको वन अधिकृत न्यौपानेलेको भनाई छ ।
    अघिल्लो बर्ष ४ सय ५० हेक्टर वनमा डढेलो लागेको थियो । दुधौली नगरपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोसि गाउँपालिका र तीनपाटन गाउँपालिकाको बिभिन्न वनमा गरी ४ सय ५० हेक्टर वनमा डढेलो लाग्दा क्षति भएको उहाँले बताउनु भयो ।
    डिभिजन वन कार्यालय सिन्धुलीको क्षेत्राधिकार भित्र ३ सय ९ वटा सामुदायिक वन र ३ सय १५ वटा कवुलियत वन रहेका छन् । सो वनको संरक्षण तथा ब्यबस्थापनको लागी उपभोक्ता समिती लाई जिम्मा दिइएकाले उपभोक्ता समीती लाई डढेलो नियन्त्रणको लागी अन्र्तक्रिया तथा जनचेतनामुलक कार्यक्रम सन्चालन भइरहेको वन अधिकृत न्यौपानेलेले बताउनु भएको छ ।
    वनमा डढेलो लगाउँदा भर्खर उम्रदै गरेको बिरुवा देखि सबै प्रकारका बोटबिरुवा नष्ट हुने गर्दछन् । वनमा घाँस पलाउने आशमा लगाइएको डढेलोले निकै ठुलो विनास हुन सक्ने भएकाले वनम डढेलो नलगाउन वन अधिकृत न्यौपानेले आग्रह गर्नुभएको छ ।