• फागुन ८, सिन्धुली/सिन्धुलीमाढिमा जारी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले जितेको छ । कमलामाई नगरपालिकाले १७ स्वर्ण, ९ रजत र १२ कास्य सहित प्रथम स्थान हासिल गरेको हो । दुधौलि नगरपालिका भने १२ स्वर्ण, ८ रजत र ८ कास्य सहित द्धितिय भएको छ ।

    त्यस्तै फिक्कल गाउँपालिकाले ८ स्वर्ण, ९ रजत र ५ कास्य हासिल गदैँ तृतिय स्थान पाएको छ । हरिहरपुरगढि गाउँपालिकाले भने ४ स्वर्ण ३ रजत र ७ कास्य जितेर सान्त्वना भएको आयोजकले जानकारी दिएको छ ।
    बिजेता पालिका तथा खेलाडिहरुलाई आज समापन समारोहका बिच पुरस्कार प्रदान गरिएको छ । जिल्ला खेलकुद बिकास समिती सिन्धुलीका अध्यक्ष बिर बहादुर थिङ(बिशाल)को अध्यक्षता तथा बागमति प्रदेश साँसद छेत्र बहादुर बोम्जनको प्रमुख आतिथ्यता जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको समापन भएको हो ।

    प्रथम हुने कमलामाई नगरपालिका लाई १५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने दुधौलि नगरपालिका लाई १० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने फिक्कल गाउँपालिकालाई ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको अध्यक्ष थिङले जानकारी दिनुभयो ।

    फागुन ६ गते बाट सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ९ वटै पालिकाको सहभागिता रहेको थियो ।