• फागुन ७, सिन्धुली/प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार सिन्धुलीका १५ जना कैदीबन्दि माफी मिनाहामा कैद कट्टा भई थुनामुक्त भएका छन् ।
    ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली अनुसार ५० प्रतिशत कैद सजाय भुक्तानी गरेका र असल चालचलन भएका जिल्ला कारागार सिन्धुलीका १५ जना कैदीबन्दिलाई माफी कैद माफि मिनाहा दिइएको हो ।
    ९ जना सवरी ज्यान मुद्धा, हातहतियार खरखजाना मुद्धाका ३ जना र ३ जना बहुबिवाह मुद्धामा ५० प्रतिशत सजाय भुक्ताानी गरेका र अशल चालचलन भएका कैदीबन्दिलाई माफी मिनाहामा कैद कट्टा गरि थुनामुक्त गरिदिएको जिल्ला कारागार सिन्धुलीका जेलर कुशल न्यौपानेले बताउनु भयो ।
    सवारी ज्यान मुद्धामा सजाय भोगिहेका सर्लाहिका दरेश राय यादव, शमिर तामाङ, सुरेन्द्र शाह, जगदिश महतो, मनोज कुमार महतो, मुन्ना राय, राम नारायण महरा, धनुषाका अशोक महतो, जितेन्द्र कुमार महतोले कैद माफि मिनाहा पाएका छन् ।
    त्यस्तै बहुविवाह मुद्धाका सर्लाहिका जय कुमार राय, सन्तोष कुमार राय र कमलेश प्रसाद कुशवाह र सर्लाहिका हातहतियर खरखजाना मुद्धका रमेश मण्डल, नुर आलम मैसुर र इब्रान राय भाट ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा माफी मिनाहामा कैद कट्टा गरि थुनामुक्त भएको जिल्ला कारागार सिन्धुलीले जनाएको छ ।