• फागुन ५, सिन्धुली/सिन्धुलीमा भोलि बाट दोस्रो शिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल २०७९ सुरु हुने भएको छ । भाोलि बाट फागुन ९ गते सम्म महाशिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल २०७९ संचालन हुने भएको हो ।
    ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेनमेन्ट सिन्धुलीको आयाजनामा शिवरात्रीको अवसर पारेर दोस्रो शिवरात्री फुड एण्ड म्युजिक फेस्टिबल २०७९ संचालन हुन लागेको ब्रदर हुड इभेन्ट एण्ड इन्टरटेनमेन्ट सिन्धुलीका अध्यक्ष अस्विन थापा मगरले जानकारी दिनुभयो ।
    जिल्लाबासीलाई मनोरन्जन दिलाउने उदेश्ले मेलाको आयोजनना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
    कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, बिभिन्न जातिको झाँकी प्रदर्शनी, बिविध खानेकुराको फुड स्टल राखीने भएको छ ।
    मेलामा मेलिना राई, एकदेव लिम्बु, कमल खत्री, विश्व दोङ तामाङ, जि बब, दिनेश काफ्ले लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको सांगितीक प्रस्तुती रहने उहाँले बताउनुभयो । मेला अवलोकनको लागि २ सय रुपैयाको टिकट लाग्ने छ ।
    ४ दिन सम्म संचालन हुने मेलामा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान रहेको अध्यक्ष मगरले बताउनुभयो ।