• १९ मघ, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानिबासमा जङ्गली हात्तीले ४ वटा घरमा क्षति पु¥याउदा करिब दुईलाख बराबरको क्षति भएको छ ।
    तल्लो रानिवासमा गयराति ३ वटा घरमा र हिजो चन्दरपुरमा एउटा गरी चार वटा घरमा क्षति पु¥याउँदा करिब २ लाखको क्षति पु¥याएको हो । जङ्गति हात्तिले स्थानीय आइते माझि, सन्त बहादुर माझि, सन्तोष न्यौपाने र गोबिन्द खड्काको घरमा क्षति पु¥याएको १४ नम्बर वडाका अध्यक्ष राजन न्यौपानेले जानकारी दिनुभयो ।


    जङ्गली हात्ति गाउँमा पसेर घर भत्काउने र घर भित्र रहेको अन्नबालि नष्ट गरेको छ । हात्तिले गोबिन्द खड्काको घरमा १ लाख, आइते माझिको ५० हजार र अन्य दुई घरमा सामान्य क्षति पु¥याएको वडा अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
    दिर्घकालिन समस्याको समाधान नहुँदा बर्षेनी जङ्गली हात्तीले अन्नबालि नष्ट गर्ने थालेपछि स्थानीयले अन्नबालि नै लगाउन छाडेका छन् । अन्नवाली लगाउन छाडेपछि हात्तीले घरमा नै क्षति पु¥याउन थालेको वडाध्यक्ष न्यौपानेले वताउनुभयो ।


    हाल तीन ओटा समुहमा रहेको जंगलि हात्ती दिनको समयमा जंगलमा लुक्ने र राती गाउँमा पसेर घरमा क्षति पु¥याउने गरेको छ । जंगलि हात्तीले सधै आक्रमण गरिरहँदा स्थानीय त्रसित छन् ।
    तराईका जंगल मासिदै गए पछि हात्ती सुरक्षित स्थान र आहारको खोजीमा सिन्धुलीको रानिवास क्षेत्रमा आउने गरेको छ ।